काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताउनुभएको छ ।
मंगलवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताउनुभएको हो ।
उहाँले उपसभामुखले गरेको काम पदीय जिम्मेवारी अनुकुलको नभएको भन्दै मार्ग प्रशस्त गर्ने कुरा उपसभामुख स्वयंकै भएको बताउनु भयो । उहाँले उपसभामुखको विषय सरकारले सिर्जित गरेको नभइ संसदमा उठेको विषय भएको बताउनु भयो । उहाँले उपसभामुखले संसदसँग असम्बन्धित व्यक्तिहरुलाई भिसाका लागि अमेरिकी दुतावासमा पत्र लेख्नुले संसदको मर्यादामाथि हुर्मत लिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘उपसभामुखसँग जोडिएको घटना संसदको विषय हो । संसदमा उठेका विषय हुन् । सरकारले बनाएको । सरकारद्वार सिर्जित समस्या, विषय होइन । उहाँले गर्नु भएको काम पदीय जिम्मेवारी अनुकुल होइन । त्यो कुरा बेठिक हो । बेठिक हो भन्ने कुरा संसदमा उठ्यो । एम्बेसीसँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसदको पदाधिकारीको हैसियत के हो भन्नेकुरा जसरी उजागर भएको छ, संसदको मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो । मार्ग प्रशस्त गर्ने कुरा उहाँ स्वयम्को कुरा हो । हामीले कुनै बलजफ्ती गरेका छैनौँ ।’
उहाँले प्रतिपक्ष दलहरुले उपसभामुखको विषयमा संसदमा बोलेर परिस्थिति भड्काउने काम गरेको आरोप लगाउनु भयो । प्रतिपक्षले सत्ता पक्षलाई उत्तेजित पार्ने कोसिस गरिरहेका उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच