गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ४१ हजार नाघ्यो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या बढेर ४१ हजार २० पुगेको छ । गाजा-आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको बताए ।

साथै सय जना घाइते भएका छन् । जसबाट कूल मृत्यु हुनेको संख्या ४१ हजार २० पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी-इजरायली संघर्ष शुरु भएदेखि ९४ हजार ९२५ जना घाइते भएका छन् ।

मङ्गलवार दक्षिणी गाजाको खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिने पालमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ६० भन्दा बढी घाइते भएका छन् ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?