
काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल वर्षका उत्कृष्ट खेलाडी बनेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा शुक्रबार भएको कार्यक्रममा रोहितलाई पल्सर स्पोट्र्स अवार्डको ‘प्लेयर अफ दि इयरको अवार्ड प्रदान गरिएको हो ।
विश्वकप क्रिकेट लिग २ खेल्न क्यानडा गएकाले रोहितकी आमा र दाजुले सो अवार्ड ग्रहण गरेका छन् ।
यो विधामा रोहित, फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङ मनोनयनमा परेका थिए ।
उनीहरुलाई पछि पार्दै रोहितले अवार्ड जितेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच