काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले संसद बैठक अवरुद्ध नगर्न नेकपा (माओवादी केन्द्र) लाई आग्रह गरेको छ ।
काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदमा प्रयोग हुँदै आएको हिंसा शब्दलाई लिएर संसद बैठक अवरुद्ध पार्ने कामलाई निरन्तरता नदिन माओवादी केन्द्रलाई आग्रह गर्नुभएको हो । एउटा सांसदले संसदमा प्रयोग गरेको शब्दलाई कोटयाईरहनुपर्ने आवश्यक्ता नभएको उहाँको जिकिर थियो ।
नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले संसदमा बोल्ने क्रममा हिंसा शब्द प्रयोग गरेपछि माओवादी केन्द्रले आपत्ति जनाउँदै त्यो शब्द संसदका रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग माग गरेको थियो । तर सभामुख घिमिरेले सो शब्दलाई असंसदीय भन्न नमिल्ने उल्लेख गर्दै हटाउन आवश्यक नभएको निर्णय लिनुभएको थियो । त्यसको विरोधमा माओवादी केन्द्रले प्रतिनिधि सभा बैठक अवरुद्ध पार्दै आएको छ । प्रवक्ता महतले भने सोही शब्दलाई अतिशयोक्तिपूर्ण ढंगले लिने र संसद बैठक अवरुद्ध पार्न नहुने बताउनु भयो । उहाँले शान्ति प्रक्रियालाई टुंगो लगाउने काममा सबै दलहरु एक ठाउँमा उभिएको बेला केही शब्दमाथि आपत्ति जनाउने काम आवश्यक नभएको बताउनु भयो ।
प्रवक्ता महतले विपक्षमा रहेको बेलामा धेरै प्रतिक्रियात्मक नबन्न र कानून निर्माण गर्ने काममा केन्द्रित हुनुपर्ने भएकाले संसद सुचारु गराउने काममा ढिलाई नगर्न पनि सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो,‘यसलाई सत्तापक्ष र विपक्षको रुपमा हेर्नु भन्दा पनि संसदमा सदस्यहरुले आ आफ्नो कुरा प्रकट गर्दछन् । त्यो सबैमा सहमती भएर बोलेको कुरा हुँदैन पहिलो कुरा । दोस्रो कुरा, अव त्यस सम्बन्धमा इन्डिभिज्युअल मेम्बरले आफ्नो दृष्टिकोण राख्छ । कुनै शब्द प्रयोग गर्दछन् । त्यसैलाई लिएर यत्रो अवरोध गरिरहनुपर्ने कुनै खण्ड थिएन । अब यी विषयमा विभिन्न चरणमा संसदमा पनि, संसद बाहिर पनि विशेषणहरु दिँदाखेरी विभिन्न विशेषणहरुको प्रयोग हुन्छ । उहाँहरुले एउटा विशेषण दिनुहुन्छ । अर्को पक्षले अर्को विशेषण दिन्छ । तर त्यसैलाई लिएर मूलभूत कुरा त जे हामी एग्री भएका छौँ, जसरी यो प्रक्रिया अगाडि बढेको छ । यो शान्ति प्रक्रिया टुंगिएर यो ठाउँमा आईपुगेका छौं । एकैठाउँमा हामी संसदमा छौं । त्यसो हुनाले अव हामीले ती विषयहरुलाई कोटर्याइरहनुपर्ने आवश्यक छैन । तथापि अब एउटा सांसद सदस्यले कुनै विषयमा बोल्दा कुनै शब्द प्रयोग ग¥यो । ती शब्दहरु प्रयोग नै नभएका शब्दहरु पनि होइनन् । त्यसो हुनाले यी विषयहरुलाई चाहीँ अतिशयोक्तिपूर्ण तरिकाबाट नलिएर जुन कामका लागि हामी यहाँ संसदमा निर्वाचित भएर आएका छौं । विभिन्न विधेयकहरु छन । यसमा गम्भिर छलफलमा हामी केन्द्रित हुनुपर्छ । कहिले कोही सत्तामा हुन्छ, कोही विपक्षमा हुन्छ । हामी विपक्षमा हुँदा ज्याँदै हतोत्साही हुने र अत्यन्तै ज्याँदा प्रतिक्रियात्मक हुने र हुँदाखेरी फेरी बेग्लै रुपमा आफूलाई लिने काम हामीले गर्नु हुँदैन । धेरै कुराहरु हामीले सँगै बसेर एउटा निष्कर्षमा पुग्नुपर्छ । त्यसकारण यसलाई मलाई लाग्छ–यसलाई छिटो टुंग्याउनु पर्छ । र संसदको प्रक्रिया अघि बढ्नुपर्छ ।’
प्रवक्ता महतले सहकारी काण्डमा विवादमा तानिएका सबैलाई सरकारको सम्बन्धित निकायले छानविन गर्नुपर्ने धारणा समेत राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच