
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको आरोप लगाउनुभएको छ ।
सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले चालु अधिवेशनमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बनेको बताउनु भयो । उहाँले सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट सरकार कतै विचलित भएको र बाटो बिराएको बताउनु भयो ।
उहाँले सरकारले चालु अधिवेशनमा आवश्यक बिजनेस दिन नसकेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो बीचमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बन्यो । यही अधिवेशनकै बीचमा । जसरी बनेपनि त्यो सरकारको सफलताको शुभकामना प्रमुख प्रतिपक्ष दलको हिसावले दियौँ । सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट यो सरकार कतै विचलित भएको र बाटो बिराएको देख्न सकिन्छ । सरकारले यो अधिवेशनमा अलि धेरै बिजनेस दिनसक्थ्यो, त्यो पनि त्यति सकेन ।’
सांसद शर्माले समितिमा सहमतिको सिस्टममा यस अधिवेशनको बीचमा सरकार पक्षबाट तोडिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच