काठमाडौं । दिगो ग्रुपअन्तर्गत इ-स्टपले दिगो डाँफे इलेक्ट्रिक भ्यान ग्राहकका लागि नयाँ अफर ल्याएको छ । कम्पनीले असोज महिनादेखि मंसिर महिनासम्म दिगो डाँफेका ग्राहकलाई दैनिक एकतर्फी निःशुल्क चार्जिङ सेवा प्रदान गर्ने भएको हो ।
अफर रामटार, मुल्कोट र कुरिन्टारमा फैलिएका इ-स्टपमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार अफरको उद्देश्य वातावरण संरक्षण र इ-मोबिलिटीमा सवार हुनुको फाइदा जनमानसमा प्रचार गर्नु रहेको छ । दिगो ग्रुपका संस्थापक राजन रायमाझीले भन्नुभयो, ‘हामी हाम्रा ग्राहकलाई थप प्रोत्साहित गर्न र ग्राहकको अनुभवलाई सजिलो बनाउने काममा प्रतिबद्ध छौँ ।
यो अफरले हाम्रो दिगो लक्ष्यलाई साथ दिएको छ र ग्राहकलाई इ-मोबिलिटीलाई रोज्न उत्प्रेरित गर्नेछ ।’ दिगो ग्रुपले विगत छ वर्षदेखि नेपालमा ११ सिटे भ्यानदेखि ३० सिटे बससम्मका विद्युतीय सवारीसाधन बिक्री र सेवा प्रदान गर्दै आएको छ । कम्पनीले विद्युतीय सवारी भाडामा दिने सुविधा पनि उपलब्ध गराएको छ । दिगो इ-स्टपले राजमार्गमा नेपालकै सबैभन्दा ठूलो चार्जिङ स्टेसन सञ्चालन गर्दै आएको छ, जहाँ रेस्टुरेन्ट, सार्वजनिक शौचालय, सपिङ मार्ट र इलेक्ट्रिक सवारीका लागि विशेष सेवा केन्द्रलगायतका सुविधा पनि उपलब्ध छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच