काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो ।
क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानले नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा नौ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपाल पराजित भएको खेलमा ओमानविरुद्ध आक्रामक ब्याटिङ र बलिङ गरेका गुल्सन झा प्लेयर अफ द म्याच बन्नुभयो । उहाँले ब्याटिङतर्फ ३५ बलको सामना गर्दा ५ छक्का र तीन चौकाको मद्दतमा ५३ रन बनाउनुभयो भने बलिङतर्फ ५ विकेट लिनुभयो । उहाँले १० ओभर बलिङ गर्दा दुई मेडनसहित ४७ रन दिएर ५ विकेट हात पार्नुभएको हो । बलिङ र ब्याटिङ दुवैतर्फ आक्रामक देखिएका गुल्सन पराजित खेलको म्यान अफ द म्याच बन्नुभएको हो ।
त्यस्तै नेपालका लागि करण केसीले १० ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिए । आरिफ शेखले ६ ओभरमा १८ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।
कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको इनिङ खेलेका थिए । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।
जसक्रममा उनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिए । एक समय १३।१ ओभरमा ३१– ३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११९११ तथा अनिल साह ३ रनमा आउट भए ।
सोमपाल कामीले ८ बलमा २ छक्कासहित २० तथा सन्दीप लामिछाने १५ बलमा ११ रन जोडे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २–२ विकेट लिए । सकिल अहमद र शोएब खानले १–१ विकेट लिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच