सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । २२ वर्षीय युवक वृषबहादुर शाहीको मृत्यु भएको हो ।
भदौ ३१ गते उपचारका लागि प्रदेश अस्पताल आएका युवक शाहीको उपचार संभव नभएपछि घर फर्किदै गर्दा बाटोमै मृत्यु भएको हो ।
राउटे बसोबास गरेको स्थान गुराँस गाउँपालिका-१, सिमेलसाल फर्कँदै गर्दा बुधवार राति ९ बजे सुर्खेतको कल्यान काँधमा मृत्यु भएको राउटे परियोजनाका स्वास्थ्यकर्मी विनोद बिसीले बताउनुभयो ।
उहाँकाअनुसार मृतक युवा ६ महिनादेखि बिरामी थिए । उपचार गर्न अस्पताल जान नमान्ने राउटे समुदायलाई सम्झाई बुझाई गर्दा बल्ल भदौ ३१ गते उपचार गर्न सहमत भएका थिए । त्यसपछि गुराँस गाउँपालिकाको सहयोगमा प्रदेश अस्पताल सुर्खेत ल्याइएको थियो ।
युवकको खकार चेक गर्दा क्षयरोग देखिएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सकले सरुवा टिबी भएको जानकारी दिएका थिए । मृतक युवक राउटे समुदायभित्र पर्ने कल्याल जातीका मुखिया वीरबहादुर शाहीका साइँला सन्तान हुन् । मृतकका दाजु कपिल शाहीको पनि ६ वर्षअघि मृत्यु भएको थियो ।
२०७२ सालमा कपिल अछामको भैरवस्थानको कुजेडामा आगोले पोलिएका थिए । कपिल वीरबहादुर शाहीका जेठा छोरा हुन् । युवक वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ ।
२०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको छ । भने ३१ जनाको मात्र जन्म भएको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच