
✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८० मंसिर ४ गते सोमबार, ई.सं.२०२३ नोभेम्बर २०, तिथि- कात्तिक शुक्लपक्ष अष्टमी, धनिष्ठा- नक्षत्र, ध्रुव- योग, भद्रा- करण, चन्द्रराशि- मकर, सूर्योदय : ६ः२९, सूर्यास्त १७ः०८ ।
मेष : कठिन परिस्थितिको डटेर सामना गरिनेछ ।
वृष : राजनीतिक क्षेत्रको चुनौती थपिनेछ ।
मिथुन : अपरिचित व्यक्तिसँग सहकार्यको अवसर मिल्नेछ ।
कर्कट : लक्ष्मी प्रशन्न रहनाले धनलाभ मिल्नेछ ।
सिंह : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कन्या : शारीरिक आलस्यताले कार्यक्षेत्रमा व्यवधान आउनेछ ।
तुला : दुर्घटनाका साथै चोटपटकको समेत भय रहेको छ ।
वृश्चिक : वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ ।
धनु : सरकारी नोकरीमा केही झमेला बेहोर्नुपर्नेछ ।
मकर : प्रेमीप्रेमिकामा केही किचलो निम्तनेछ ।
कुम्भ : पढाइलेखाइको सिलसिलामा स्थान परिवर्तन हुनेछ ।
मीन : अनावश्यक कार्यमा धन खर्च ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच