
काठमाडौं । नेपाली बजारमा ब्राण्डेड परफ्युम बिक्री गर्दै आएको इना सेन्टरले दुबईको प्रसिद्ध अल हरमेन परफ्युम ल्याएको छ । युनाइटेड अरब इमिरेट्सको दुबईमा तयार हुने अल हरमेन परफ्युम विश्व बजारमै लोकप्रिय छ । नेपालका परफ्युम पारखीलाई लक्षित गर्दै इनाले उक्त परफ्युम ल्याएको जनाएको छ । काठमाडौंमा हालै आयोजित एक कार्यक्रमबीच इन्टरनेसनल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले परफ्युको शुभारम्भ गर्नुभयो ।
इना सेन्टरको अल हरमेन पफ्युमसँगको सफल साझेदारीले नेपाली बजारमा उच्च गुणस्तरका अन्तर्राष्ट्रिय ब्राण्ड ल्याउने आफ्नो प्रतिबद्धता पुनः प्रमाणित गरेको कम्पनीका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पहिलोपटक युएईको सबैभन्दा प्रतिष्ठित परफ्युम ब्राण्ड अल हरमेन नेपालमा ल्याउन पाउँदा अत्यन्तै गौरवान्वित छौँ, अल हरमेनले उत्कृष्ट सुगन्धका लागि बेन्चमार्क सेट गरेको छ र हामी विश्वस्त छौँ कि नेपाली उपभोक्ता र सुगन्ध प्रेमीहरूले पहिलेका ब्राण्डजस्तै यसलाई पनि मन पराउनुहुनेछ ।’
कम्पनीले एम्बर औड सिरिजका दुर्ईवटा नयाँ सुगन्धसहितको परफ्युम पनि अनावरण गरेको छ । जसमा एम्बर औड दुबई नाइट र एम्बर औड दुबई एक्वा रहेका छन् । अल हरमेन सन् १९७० मा स्थापना भए पनि हाल परफ्युम क्षेत्रको ग्लोबल लिडर कम्पनी बनिसकेको छ । इना सेन्टरले यसअघि पनि नेपालमा क्लाइभ क्रिस्चियन, निशाने, टिजियाना टेरेन्जी, अफनान र एसेन्सियललगायत ब्राण्डका परफ्युम बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच