कलाकारको श्रीवृद्धिमा नलागे भुवन केसीलाई अध्यक्षबाटै बिस्थापित गर्ने नीर शाहको चेतावनी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । वरिष्ठ कलाकार निर शाहले चलचित्र विकास बोर्डलाई आयोगको रुपमा विकास नगरे आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ ।

सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारबाट चलचित्र क्षेत्रलाई धमिल्याउने काम भइरहेको बताउनु भयो ।

उहाँले अहिले ड्राफ्ट भइ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रहेको चलचित्र ऐनलाई तत्काल खारेज गरी पुनःविचार गर्न आग्रह गर्नुभयो । उहाँले राम्रा चलचित्र बन्नुको पछाडि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डको के भुमिका छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले तत्कालीन सहसचिव मुकुन्द आचार्य भएको बेलामा परिवर्तन भएको दस्ताबेज चलचित्रकर्मीको सहमति बिनाको भएको भन्दै यो चलचित्र उद्योगप्रतिको ठूलो विश्वासघात भएको बताउनु भयो । उहाँले वर्तमान गठबन्धनको सरकारले उद्घोष गरेमबमोजिम चलचित्र विकास बोर्डलाई आयोगको रुपमा अपग्रेड गर्न आग्रह गर्नुभयो ।

उहाँले चलचित्र क्षेत्रको केही नबुझेको मानिसले भनेको भरमा रगत पसिना चुहाएर प्राप्त गरेको दस्ताबेजलाई परिवर्तन गरिरहन नसक्ने बताउनु भयो । प्रशासनको चालबाजीको शिकारमा र त्यसको पञ्जाभित्र चलचित्र उद्योगको भविष्य सुरक्षित नरहेको बताउनु भयो । चलचित्र सम्बन्धी अघि बढाइएको ऐनमा मन्त्रालयको निरंकुशतालाई झनै बढाएको बताउनु भयो । उहाँले चलचित्र कर्मीको आवाज सडकबाट सुन्न चाहेको भए सडकबाटै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

वरिष्ठ कलाकार शाहले चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीलाई कलाकारको श्रीवृद्धिको काममा नलागे अध्यक्षबाट नै बिस्थापित गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाई कसलाई प्रतिनिधित्व गर्नुहुन्छ भन्नेकुरा मैले बताइसकेँ अध्यक्ष ज्यु । तिनलाई प्रतिनिधित्व गर्न सक्नुहुन्छ । तिनको भावनाअनुकुल र व्यवसया र पेशा अझ त्यसमा श्रीवृद्धि गर्नेकुरामा सघाउ पुयाउन सक्नुहुन्छ भने अध्यक्षका रुपबाट त्यहाँ अघि बढ्नुस्, त्यसमा सबै चलचित्र क्षेत्रका मानिसले दिल खोलेर साथ दिनेछन् । त्यसमा डग्मगाएको एउटा मात्रै झिल्को देख्यौँ भने नबिर्सिनुस्, तपाई बसेको कुर्सी पनि अस्थायी हो । जसरी स्थापित गरिएको थियो । त्यसरी नै बिस्थापित गर्न सकिन्छ, यो मेरो चेतावनी हो ।’

वरिष्ठ कलाकार शाहले चलचित्रकर्मीको सहयोग गरे सबैले साथ दिने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?