भोजपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरले चाड पर्व लक्षित सुपथ मुल्य पसल सुरु गरेको छ । भोजपुर नगरपालिकाका प्रमुख कैलाश कुमार आलेले सोमवार शुभारम्भ गरेसँगै कम्पनीले जिल्लामा पनि छुट मुल्लमा खाद्यान्न बिक्री सुरु गरेको हो ।
नेपालीहरुको महान पर्व वडा दशैँ, तिहार, नेपाल सम्वत र छठ पर्वको उपलक्ष्यमा कार्यालयबाट छुट मुल्यमा खाद्यान्न बिक्री सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरका प्रमुख सन्तोष कुमार साहले बताउनुभयो । प्रमुख साहका अनुसार बिगतको मुल्य भन्दा अव प्रतिकेजी पाँच रुपैया छुटमा खाद्यान्न बिक्री हुने छ ।
प्रमुख साहले भन्नुभयो, “खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुर शाखामा माग अनुसार खाद्यान्न मौज्दात रहेकाले यस वर्षको चाड पर्वमा पनि बिगतमा जस्तै खाद्यान्न अभाव हुदैन ।” भोजपुर शाखामा हाल स्टिम जिरा मसिनो चामल र अरुवा सोना मन्सुली चामल गरी छ सय क्विन्टल खाद्यान्न मौज्दात रहेको छ ।
सरकारले असोज तीन गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ । जस अनुसार भोजपुरमा पनि छुट दिएर खाद्यान्न बिक्री वितरण थालिएको छ । चाडपर्वका लािग अव स्टिम जिरा मसिनो चामल प्रतिकेजी ८५ रुपैयाँ र अरुवा सोना मन्सुली चामल प्रतिकेजीे ६० रुपैयाँमा बिक्री वितरण हुने छ ।
सुपथ मुल्य पसलको शुभारम्भ गर्नु हुदै भोजपुर नगरपालिकाका प्रमुख आलेले बिगतमा जस्तो खाद्यन्न लिन आउँदा लाइन बस्नु पर्ने बाध्यता अहिले नरहेको बताउँदै चाड पर्व लक्षित सुपथ पसलले भोजपुरवासीलाई सुविधा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कम मुल्यमा खाद्यान्न पाइन्छ भन्ने कुरा नागरिकलाई पनि थाह हुनुपर्छ, यसका लागि प्रचार प्रसारमा पनि ध्यान दिनु पर्छ ।”
प्रमुख जिल्ला अधिकारी नरबहादुर थापाले कम मुल्यको पसलबाट खाद्यान्न संचालन हुन थालेकाले यसको नागरिकले सदुपयोग गर्नु पर्ने बताउनुभयो । नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, कर्मचारी, सुरक्षा निकायका प्रमुख पत्रकार लगायतको सहभागीतामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड भोजपुरले सुपथ पसल शुभारम्भ गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच