काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि सहज जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिसले कर्णालीलाई तीन-शून्य गोलले हराएको हो । एकपक्षीय खेलमा पुलिसको जितमा निर्मला उपाध्यायले ४३औँ, मनीषा राउतले ५४औँ र सम्झना लावतीले ८२औँ मिनेटमा गोल गर्नुभएको थियो ।
जितसँगै पुलिस तेस्रो स्थानमा छ । पुलिसले आठ खेलबाट १८ अंक बनाएको छ । पराजित कर्णाली चार अंकसहित नवौँ स्थानमा छ । शीर्षस्थानमा रहेको एपिएफ क्लबको २२ र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १९ अंक छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता छ ।
दुई करोड २४ लाख ६८ हजार रुपैयाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच