
काठमाडौं । यही असोज २४ गते फूलपातीको दिनदेखि सिनेमाघरमा आउन लागेको चलिचत्र ‘ज्वाइँ साब’को क्लाइमेक्सको दृश्य बाहिरिएको छ । रिलिजअगावै चलचित्रमा समावेश क्लाइमेक्स दृश्य टिकटकमा आएको हो ।
सार्वजनिक दृश्य त्रिभुवन विमानस्थलको छ । जहाँ चलचित्रका प्रमुख कलाकार जितु नेपाल बरखी बारेको सेतो पहिरनमा हातमा बच्चा बोकेर हिँड्दै गरेको देखिनुभएको छ । उहाँले निलो ब्याग, पासपोर्ट पनि बोक्नुभएको छ । उहाँको पछाडि चलचित्रकी नायिका निती शाह खादा र नेपालको झण्डा बोकेर भावुक मुद्रामा उभिनुभएको छ । भिडियोमा जितुलाई बिदाई गरेर निती हिँडेको देख्न सकिन्छ । दृश्य निकै मर्मस्पर्शी छ । यो दृश्यले विमानस्थलमा आफन्तको बिदाइमा उपस्थित मानिसहरूको प्रतिनिधित्व गरेको छ ।
भिडियोमा चलचित्रका निर्देशक वसन्त निरौला क्यामरा विभागको टिमसँग देखिनुभएको छ । दृश्य हेर्दा जितु वैदेशिक रोजगारीका लागि नेपाल छोड्न लागेको बुझ्न सकिन्छ । तर, उहाँले के कारणले नेपाल छोड्न लाग्नुभयो भन्ने प्रष्ट खुलिसकेको छैन । त्यो थाहा पाउन फूलपाती नै कुर्नुपर्ने हुन्छ ।
राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको चलचित्रमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वांगदेल, दीपक आचार्य ‘काका’लगायत कलाकारको पनि अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच