इटहरी । चलचित्र ‘बलिदान’का एक्सन दृश्यहरूको छायांकन सुरु भएको छ । चलचित्रका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित चलचित्र ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थंगलम’ जस्ता सफल चलचित्रहरूमा एक्सन निर्देशन गर्नुभएको छ ।
यो चलचित्रको छायांकन केही दिनदेखि नेपालका पूर्वी क्षेत्र इटहरीलगायतका स्थानहरूमा भइरहेको छ । चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायांकन भइरहेका छन् । समीर भट्टलगायतका कलाकारहरूका दृश्यहरू अहिले छायांकन भइरहेको छ । मुख्य भूमिकामा समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ ।
चलचित्रको कथा नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्ध बलिदान दिनुपर्ने कथामा आधारित छ । निर्देशक सेनका अनुसार ‘बलिदान’लाई प्राविधिक पक्षमा पनि उच्चस्तरीय बनाउन मुम्बईबाट लाइट, साउण्ड, क्यामेरालगायतका प्राविधिक सामग्रीहरू आयात गरिएको छ ।
‘आसुसेन फिल्मस् प्रालि’ र सन्तोष सेनको प्रस्तुति रहेको यो चलचित्रमा पवन ब्राडफोर्ड विष्ट निर्माताका रूपमा हुनुहुन्छ भने प्रेम पुरी सह–निर्माताको भूमिकामा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच