
काठमाडौं । दराज नेपालले चाडपर्वको मौसम लक्षित दशैँ धमाका क्याम्पेन घोषणा गरेको छ । क्याम्पेनअन्तर्गत ग्राहकले ७० प्रतिशतसम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क होम डेलिभरी र पूर्व भुक्तानीमा दुई हजार रुपैयाँसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् । कात्तिक १ गतेसम्म लागू हुने क्याम्पेनमा सहभागी एकजना भाग्यशाली ग्राहकले वानप्लस नर्ड सिइ थ्री फाइभजी जित्नेछन् ।
त्यसैगरी अन्य तीनजनाले सेटाफिलतर्फबाट १० हजार बराबरको आकर्षक गिफ्ट हृयाम्पर जित्ने मौका पाउने कम्पनीले जनाएको छ । क्याम्पेन अवधिभर ग्राहकले आइबिबी, एंकर, एक्वालोजिका, सेताफिल, सिलेन्स्टा, डोभ, सर्फ एक्सेललगायत सह-प्रायोजकतर्फबाट उपलब्ध गराइएका अविश्वसनीय डिलहरूको मजा लिन सक्ने बताइएको छ ।
त्यस्तै अस्टावोल्फ, मामाअर्थ, नेपाल टी एक्स्चेन्ज, रोट्टो मेन्थालेटम, स्ल्याजेन्गर, टेक्नो, हृवाइट मुनलगायतका साझेदारतर्फबाट विशेष अफर पनि उपलब्ध हुनेछन् । क्याम्पेन अवधिभर डेबिट कार्डमार्फत् अर्डरका लागि अग्रिम भुक्तानी गर्ने ग्राहकले एक हजार पाँच सय रुपैयाँ छुट पाउन सक्ने पनि कम्पनीले जनाएको छ । साथै क्रेडिट कार्ड प्रयोगकर्ताले दुई हजार रुपैयाँसम्म छुट पाउनेछन् । अफर नबिल बैंक, हिमालयन बैंक, सानिमा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक र ज्योति विकास बैंकका कार्डमा मान्य हुनेछ भने इसेवा, आइएमई पे वालेट प्रयोगकर्ताले अर्डरमा १५ प्रतिशत छुट सुविधा पाउनेछन् ।
खरिदकर्तालाई दराज भाउचर प्रयोग गरी कुल २ दुई करोडसम्म छुट पाउन सकिने सुविधाका साथै आफ्ना खरिदमा फ्ल्याट १० हजार रुपैयाँ छुट प्राप्त गर्ने अवसरसमेत रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच