✍️ गम्भीरबहादुर हाडा
मधेस प्रदेशको पूर्वतर्फ कोशी प्रदेश, दक्षिणतर्फ भारत, उत्तरतर्फ कोसी प्रदेश र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश रहेका छन् । मधेस प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला छन् । यस प्रदेशको ठूलो जिल्ला सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्ला महोत्तरी (१,००२ व.कि.मि.) हुन् । यस प्रदेशको राजधानी जनकपुर (धनुषा) रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) मधेस प्रदेशको जनसंख्या ६१,१४,६०० रहेको छ, जसमध्ये पुरुषको संख्या ३०,६५,७५१ (५०.१४ प्रतिशत) र महिलाको संख्या ३०,४८,८४९ (४९.८६ प्रतिशत) छ । जसअनुसार लैंगिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या १००.५५ रहेको छ ।
गत २०६८ सालमा कूल जनसंख्या ५४,०४,१४५ र लैंगिक अनुपात १०१.१८ थियो । गत २०६८ सालको जनगणना अनुसार मधेस प्रदेशको परिवार संख्या ९,३२,३०८ रहेकोमा हाल उक्त संख्या करिब २४.१ प्रतिशतले बढेर ११,५६,७१५ पुगेको छ । जसमध्ये व्यक्तिगत परिवार ११,५६,३८३ र संस्थागत परिवार ३३२ रहेका छन् । राष्ट्रिय जनगणना २०७८ का अनुसार मधेस प्रदेशमा जम्मा २,५२,०१५ परिवारबाट ३,०४,२८६ जना (२१.८ प्रतिशत) परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गर्छन् जसमध्ये पुरुष २,९२,४२७ (९६.१ प्रतिशत) र महिला ११,८५९ (३.९ प्रतिशत) छन् । २०६८ को जनगणना अनुसार १,७८,५७६ (१९.२ प्रतिशत) परिवारबाट २,२४,४७९ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोवास गरेका थिए ।
आर्थिक वर्ष २०७८/७९ को अनुमानित कूल गार्हस्थ्य उत्पादन ४१ खर्ब पाँच अर्ब ५४ करोड रहेकोमा मधेस प्रदेशको पाँच खर्ब ४४ अर्ब ८१ करोड हिस्सा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मधेस प्रदेश वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले मधेस प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत रहने अनुमान छ । राष्ट्र बैंकले मधेस प्रदेशका आठ जिल्लाका आर्थिक गतिविधिको अवस्थाबारेमा अध्ययन गरेको थियो ।
जसमध्ये पुरुषको संख्या ९७.२ प्रतिशत र महिलाको संख्या २.८ प्रतिशत रहेका थिए । जनगणना अनुसार मधेस प्रदेशमा हाल अक्सर बसोवास गरिरहेको गाउँपालिका वा नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै पनि बसोवास नगरेका व्यक्तिहरू ७६.७ प्रतिशत छन् । त्यसप्रकारको अवस्था हुने पुरुष ९२.८ प्रतिशत र महिला ६०.४ प्रतिशत छन् । कुल जनसंख्याको ११.६ प्रतिशत व्यक्तिहरूको यस अघिको बसोवास सम्बन्धित जिल्लाको अर्को गाउँपालिका वा नगरपालिकामा, ७.८ प्रतिशत जनसंख्याको अर्को जिल्लामा र ४.० प्रतिशतको यसअघिको बसोवास विदेश रहेको छ (स्रोत : राष्ट्रिय जनगणना २०७८) ।
अर्थतन्त्रमा देखिएको असहज परिस्थितिका कारण समग्र कृषि क्षेत्र गम्भीर रूपले प्रभावित भएको अवस्थामा कृषि क्षेत्रलाई संरक्षण गर्दै किसानलाई यस क्षेत्रबाट विस्थापित हुन नदिन मधेस प्रदेश सरकारले कोरोना भाइरसको नियन्त्रण गर्न लकडाउनका कारण किसानमा पर्न गएको प्रतिकूल प्रभाव न्यूनीकरण गर्ने, राहत तथा अनुदान प्रवाह निर्देशिका, २०७६ कार्यान्वयनमा ल्याएको थियो । यो कार्यक्रमले पनि प्रदेश नं.१ को जस्तै लक्षित वर्गका लागि राहत तथा अनुदान र कृषि ऋणको ब्याजमा अनुदान दिने गरी कार्यविधि ल्याएको देखिन्छ ।
कार्यविधिको समयावधि, यसले समेट्ने क्षेत्र, राहत तथा अनुदान सबै कुरामा यी दुई कार्यक्रममा एकरूपता देखिन्छ । मध्य तराईका आठ जिल्लाहरू समेटेर प्रदेश नं.२ निर्माण गरिएको छ । यो प्रदेशको राजधानी जनकपुरधाम हो । यसको क्षेत्रफल ९८१९ वर्ग किलोमिटर छ, जुन कूल क्षेत्रफलको सात प्रतिशत मात्र हो । क्षेत्रफलको हिसाबले सबैभन्दा सानो प्रदेश यही हो । यस प्रदेशको जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ रहेको छ । यस प्रदेशमा मधेसी समुदायको बाहुल्यता रहेको छ । करिब ९० प्रतिशत मधेसी जनसंख्या यही प्रदेशमा बसोवास गर्दछन् । यो प्रदेशको मुख्य भाषा मैथिली हो । आर्थिक रूपमा सबैभन्दा सम्पन्न र सबैभन्दा विपन्न मानिस यही प्रदेशमा छन् ।
तराईको अधिकांश कृषियोग्य जमिन रहेको यो प्रदेशले कूल कृषि उत्पादनको १८ प्रतिशत योगदान मुलुकलाई दिँदै आएको छ । मुलुकको प्रमुख भन्सार नाका वीरगञ्ज र पवित्र प्राचीन बहर जनकपुर भएको प्रदेश नं.२ धर्म संस्कृतिमा पनि अगाडि छ । प्रदेशमा प्रसिद्ध जानकी मन्दिर, सिम्रौनगढ, जलेश्वर, छिन्नमस्ता, गढीमाईलगायत धार्मिक क्षेत्र छन् । यो प्रदेश मैथिली संस्कृतिको धरोहर बोकेको प्रदेश हो । रामजानकीको विवाह भएको पवित्र भूमि जनकपुरमा अवस्थित राम जानकी मन्दिर यस प्रदेशको गौरब हो । वीरगञ्ज भन्सार यही प्रदेशमा पर्दछ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र नेपालको एकमात्र रेल मार्ग पनि यसै प्रदेशमा पर्दछ । राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको हिस्सा १३ दशमलव ३ प्रतिशत रहेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को अनुमानित कूल गार्हस्थ्य उत्पादन ४१ खर्ब पाँच अर्ब ५४ करोड रहेकोमा मधेस प्रदेशको पाँच खर्ब ४४ अर्ब ८१ करोड हिस्सा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मधेस प्रदेश वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले मधेस प्रदेशको आर्थिक वृद्धिदर ५ दशमलव ३ प्रतिशत रहने अनुमान छ । राष्ट्र बैंकले मधेस प्रदेशका आठ जिल्लाका आर्थिक गतिविधिको अवस्थाबारेमा अध्ययन गरेको थियो । मधेस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३४ दशमलव ५ प्रतिशत, ११ दशमलव ९ प्रतिशत र ५३ दशमलव ६ प्रतिशत रहने अनुमान गरिएको छ । मधेस प्रदेशमा तरकारी तथा बागवानीले ढाकेको क्षेत्रफल ३ दशमलव २४ प्रतिशतले वृद्धि भई ८४ हजार ५०७ हेक्टर पुगेको प्रतिवेदनमा उल्लेख छ ।
भारतसँग मात्र सीमा जोडिएका आठवटा मधेसका जिल्ला मिलाएर प्राकृतिक साधन स्रोतविहीन बनेको यो प्रदेशको रेखांकन गरिएको छ । मुलुकका ठूला नाकाहरू रहेको यो प्रदेश दैनिक करिब २० करोड राजस्व संकलन गर्ने क्षमता राख्ने गर्दछ । कुनै पनि पहाडी तथा चुरेक्षेत्र नरहेको यस प्रदेशमा बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला समेटेर निर्माण गरिएको छ । औद्योगिक हिसाबले ठूला–साना गरी ८ सय १२ वटा उद्योगहरू तथा वीरगञ्ज पथलैया औद्योगिक करिडोर यसै प्रदेशमा छ । यस प्रदेशमा प्रसिद्ध जानकी मन्दिर, सिम्रौनगढ, जलेश्वर, छिन्नमस्ता, गढीमाईलगायत धार्मिक क्षेत्र छन् । जसबाट धार्मिक पर्यटनको प्रचुर संरचना यस क्षेत्रमा देखिन्छ ।
पर्सादेखि सप्तरीसम्मको समथर कृषियोग्य जमिन रहेको यो प्रदेश नेपालको कृषिको पकेट क्षेत्र पनि हो । वीरगञ्ज, चिनी कारखाना, जनकपुर चुरोट कारखानाजस्ता ठूला कारखाना यसै क्षेत्रमा पर्दछन् तर हाल यी दुई ठूला कारखाना बन्द छन् । यस प्रदेशको क्षेत्रफल ९ हजार ६ सय ६१ वर्ग किमी छ भने यहाँको जनसंख्या ५४ लाख ४ हजार १ सय ४५ छ । करिब ९० प्रतिशत जनसंख्या मधेसी रहेको यस प्रदेशमा १० प्रतिशत मात्र पहाडी रहेको छ ।
मधेस प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा ७ खर्ब ४८ अर्ब योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ । यस प्रदेशले राष्ट्रिय तहको कूल गार्हस्थ्य उत्पादनमा यस वर्ष १३.९२ प्रतिशत योगदान पुर्याउने प्रारम्भिक अनुमान सरकारी तथ्यांकको छ । अघिल्लो वर्ष १३.१४ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान छ । यस प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर चालु वर्ष ३.७८ प्रतिशत हुने प्रारम्भिक अनुमान र गत वर्ष १.५० प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । चालु वर्षमा मधेस प्रदेशको कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा धेरै (३५.१९ प्रतिशत) योगदान कृषि, वन तथा मत्य क्षेत्रको रहने र सबैभन्दा न्यून (०.१५ प्रतिशत) योगदान खानी तथा उत्खनन् क्षेत्रको रहने प्रारम्भिक अनुमान रहेको छ ।
अघिल्लो वर्षमा पनि कृषि क्षेत्रको योगदान अग्रस्थान (३४.८१ प्रतिशत) मा हुने प्रारम्भिक अनुमान र खानी तथा उत्खनन् क्षेत्रको योगदान अन्तिम स्थान (०.१६) मा रहने संशोधित अनुमान गरिएको छ । मधेस प्रदेशमा क्षेत्रगत रूपमा कूल मूल्य अभिवृद्धिको वृद्धिदर सबैभन्दा धेरै (२१.९५ प्रतिशत) आवास तथा भोजन सेवा क्षेत्रको र सबैभन्दा थोरै (-२.१९ प्रतिशत) निर्माण क्षेत्रको हुने प्रारम्भिक अनुमान गरिएको छ । उद्योग क्षेत्रको सबैभन्दा धेरै (१५.६९ प्रतिशत) विद्युत् क्षेत्रको कर्णाली र सबैभन्दा थोरै (-३.३६ प्रतिशत) थोक तथा खुद्रा व्यापार र मोटर भेहिकल मर्मत क्षेत्रको रहने संशोधित अनुमान गरिएको छ ।
प्रदेश नं.२ का लगभग ६६ प्रतिशत मानिसहरू कृषि पेशामा लागेका छन् । यस प्रदेशका सबै जिल्लामा प्रशस्त धान, गहुँ, मकैको उत्पादन हुन्छ । यस प्रदेशलाई नेपालको अन्नको भण्डार पनि भनिन्छ । यहाँ खाद्यान्न, दलहन, तेलहन, नगदे बाली लगाइन्छ । पशुपालन यस प्रदेशको अर्थतन्त्रको अभिन्न अंग हो । यस प्रदेशले देशको २४.९६ प्रतिशत धान र २९.०९ प्रतिशत गहुँ उत्पादन गर्छ । प्रदेश नं.२ नेपालको प्रमुख माछा उत्पादन केन्द्रका रूपमा विकास भइरहेको छ । यस प्रदेशको प्रमुख औद्योगिक केन्द्र वीरगञ्ज पथलैया करिडोर हो । यहाँ चिनी, चुरोट, साबुन, सिमेन्ट, छड आदि उद्योगहरू छन् ।
यस प्रदेशका राजविराज, लाहान, सिरहा, जनकपुर, बर्दिबास, जलेश्वर, मलंगवा, गौर, वीरगञ्ज, निजगढ, चन्द्रनिगाहपुर आदि सहरी क्षेत्रहरूमा व्यापार, होटल व्यवसायहरू सञ्चालन भइरहेका छन् । वीरगञ्ज नेपालको सबभन्दा ठूलो व्यापारिक नाका हो । यो नाका नेपाल र भारतबीचको प्रवेशद्वार पनि हो । प्रदेश नं.२ मा पर्सा राष्ट्रिय निकुञ्ज पर्छ । यस प्रदेशमा जनकपुरधाम, गढीमाई, छिन्नमस्ता, कंलालनी मन्दिर र विभिन्न ठाउँमा मस्जिदहरू रहेका छन् । यी प्राकृतिक तथा सांस्कृतिक धरोहरहरूले यस प्रदेशमा पर्यटन उद्योग विकासको सम्भावना देखिन्छ । यस प्रदेशको वीरगञ्जमा सुक्खा बन्दरगाह रहेको छ । त्यस्तै रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याएको छ । जसले इन्धन ढुवानीमा हुने खर्च र श्रमलाई बचत गरेको छ । क्रमश :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच