नवलपरासी । शहरमा मात्र नभई गाउँका चोक-चोकमा पनि घटस्थापनाका दिन दुर्गा मूर्ति स्थापना गर्ने प्रचलन रहेको छ । सोही कारण दशैँ नजिकिएसँगै नवलपरासीका माटोका मूर्ति बनाउने कालिगढलाई भ्याइनभ्याई छ । दिनरात नभनेर उनीहरू दुर्गा मूर्ति बनाइरहेका छन् । उनीहरू माटोबाट दुर्गा मूर्ति बनाउन र रंगरोगनको तयारीमा जुटेका छन् । जुन मूर्ति घटस्थापनाअघि सबै बनाइसक्नुपर्नेछ ।
पश्चिम नवलपरासीका पाल्हीनन्दन गाउँपालिका ५ विष्णुपुरका रामप्यारे मौर्य माटोबाट दुर्गा मूर्ति बनाउने र मूर्तिलाई रंगरोगन गर्नमा व्यस्त हुनुहुन्छ । छेउमा दुर्गा, गणेश, लक्ष्मी, शिवशंकर र सरस्वतीका मूर्ति छन् । उहाँ विगत १५ जर्षदेखि माटोको मूर्ति बनाउँदै आउनुभएको छ । विगतमा गाउँ–गाउँमा घुमेर माटोको मूर्ति बनाउने गरेकोमा अहिले आफ्नै गाउँमा बनाउने गरेको उहाँले बताउनुभयो । धेरै टाढा-टाढाबाट मूर्ति अर्डर आउने गरेको मौर्य बताउनुहुन्छ । उहाँले माटोको मूर्तिमात्र नभई अर्डरअनुसार सिमेन्टको पनि मूर्ति बनाउँदै आउनुभएको छ । मूर्तिअनुसार मूल्य तोकिन्छ । एउटा मूर्तिको कम्तीमा २० हजारदेखि ३० हजारसम्म पर्छ । यस वर्ष २२ वटा मूर्ति बनेका छन् । धानको भुस, बाँस, काठ, पराल, सुत्लीको प्रयोग गरी मौर्य माटोको मूर्ति बताउनुहुन्छ ।
सबै खर्च कटाएर एक सिजनमा पाँच लाख आम्दानी हुने गरेको उहाँले जानकारी गराउनुभयो । मौर्यले भन्नुभयो, ‘यही मूर्ति बनाई बिक्रीबाट सातजनाको घरपरिवार पाल्दै आएको छु । छ छोरी र एक छोरा छन् । उनीहरूलाई यही मूर्ति पेशाबाट शिक्षादीक्षा दिँदै आएको छु । यो पेशाबाट म सन्तुष्ट छु ।’ पाल्हीनन्दन गाउँपालिका १ का अनिल कोहार पनि मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । उहाँ दुर्ई स्थानमा माटोको दुर्गा मूर्ति बनाउँदै आउनुभएको छ । उहाँलाई पनि अहिले भ्याइनभ्याई छ । असोजको १६ गतेसम्म सबै मूर्ति रंगरोगन गरी दिनुपर्ने भएकाले व्यस्तता बढेको हो । । उहाँ भन्नुहुन्छ, ‘१५ वर्षदेखि निरन्तर माटोको मूर्ति बनाउने कार्य गर्दै आएको छु, अहिलेका लागि पनि पाँच महिनादेखि मूर्ति निर्माण गरिरहेका छौं । एउटा मूर्ति तयार गर्न १० देखि १५ दिन लाग्ने गरेको छ ।’ भारतका कालीगढबाट दुर्गा मूर्ति बनाउने गर्नुभएका कोहारले यस वर्ष २२ वटा मूर्ति बनाएको बताउनुभयो । दुर्गा मूर्ति १८ हजारदेखि २० हजारसम्म बिक्री गदै आएको पनि उहाँले जानकारी गराउनुभयो । कामदारको सबै खर्च कटाई एक लाखदेखि डेढ लाखसम्म बचत हुने कोहार बताउनुहुन्छ । नवलपरासीलगायत आसपासका जिल्लामा स्थापना गरिने सबै दुर्गा मूर्ति भारतबाट आयात गरिन्थ्यो तर पछिल्लो समय नवलपरासीमै मूर्ति बन्न थालेका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच