विश्वका विभिन्न खतरनाक युद्ध जुन लम्ब्याइँदैछन् त्यसले मानिसमा गहिरो चिन्ता बढाएको छ । युद्धको सन्देहलाई कम गर्नु जहिले पनि विश्वका लागि एउटा निकै सार्थक उद्देश्य रहँदै आएको हो तर कतिपय विशेष कारणले गर्दा हालैको समयमा यसको आवश्यकता पहिलाभन्दा कयौं गुणा बढेको छ । दुई वर्षभन्दा बढी समयदेखि युक्रेनमा चलिरहेको नाटो र रुसबीचको ‘प्रोक्सी वार’ अनि एक वर्षभन्दा बढी समयदेखि चलिरहेको प्यालेस्टिनीमाथिको अतिक्रमण तथा गाजा हुँदै लेबनानसम्म फैलाइएको घोर नरसंहार पनि अमेरिकी समर्थनको इजरायली आक्रमणबाहेक अरू केही होइन भन्ने कुरा जग जाएर छ ।
त्यसमा अरू त अरू नेपाल पनि साम्राज्यवाद र युद्धको पक्षमा तानिएको छ र आफ्नो असंलग्न परराष्ट्र सम्बन्धको परम्परालाई लत्याउँदै विनाशकारी युद्धको पक्षमा लतारिँदै छ । यस्ता कुराहरूबाट जोगिँदै र सच्चिदै विश्व शान्ति र युद्धको विपक्षमा नेपालजस्ता देशहरू खडा हुन अत्यन्त जरुरी छ । अन्यथा असैहृय युद्ध र महाविनाशको सिकार हुनबाट कसैले रोक्न सक्ने छैन ।
अहिले चालु नरसंहारकारी युद्धको पहिलो चिन्ताकोका कारण त के हो भने महाविनाशक हातहतियारको उपलब्धिबाट युद्ध आजका दिनमा असैहृय हदसम्म विनाशक बन्न पुगेको छ । यति बेला विश्वका नौवटा देशहरूसँग परमाणु हात हतियार रहेका छन् । अनि अरू कतिपय देशमा अमेरिका र रुसका हतियार तैनाथ गरिएका या भण्डारण गरिएका छन् । अनि कतिपय देशहरूमा लुकाइछिपाइ राखिएका रासायनिक तथा जैविक हतियार भएको पनि सम्भावना तथा आशंका रहेको छ । सामान्य मानिने हातहतियार पनि पहिलाभन्दा अत्याधिक विध्वंशकारी स्तरका बनिसकेका छन् ।
पर्यावरणको रक्षाका लागि अन्तर्राष्ट्रिय सहयोग र अमन चयनको सकारात्मक माहोल चाहिन्छ । छिमेकी देशहरूका बीच बढ्दो सहयोग र त्यसको निरन्तरताको आवश्यकता अझ बढेको छ । युद्धको माहोलमा त्यस्तो सहयोग उपलब्ध हुन सत्तैन । युद्धमा बढ्दो अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता प्राप्त गर्न सम्भव हुँदैन ।
अर्को यसको महत्वपूर्ण कारण के छ भने विश्वमा जलवायु परिवर्तन जस्ता कतिपय अति गम्भीर पर्यावरणीय समस्या उपस्थित छन् । जसले पृथ्वीको जीवनदायिनी क्षमतालाई नै खतराका धकेलिदिन सक्छन् र धकेलिरहेका छन् । यसको रक्षाका लागि निकट अन्तर्राष्ट्रिय सहयोग र अमन चयनको सकारात्मक माहोल चाहिन्छ । छिमेकी देशहरूबीच विशेष गरेर बढ्दो सहयोग र त्यसको निरन्तरताको आवश्यकता अझ बढेको छ । युद्धको माहोलमा त्यस्तो सहयोग उपलब्ध हुन सक्तैन । युद्ध या युद्धको माहोलमा बढ्दो अन्तर्राष्ट्रिय सहयोगलाई निरन्तरता प्राप्त गर्न सम्भव हुँदैन । तेस्रो ठूलो कारण के छ भने युद्ध मानव जीवनका लागि अत्यन्तै विनाशकारी हुनुका साथसाथै यो एउटा ठूलो प्रदूषकको माध्यम पनि हो ।
ग्रिन हाउस ग्यासको एउटा ठूलो स्रोत युद्ध र युद्धको तयारी हो र धेरैजसो अन्य प्रदूषण हतियार निर्माण र तैनाथी आदिसँग जोडिएका हुन्छन् । जहाँ एकारितर युद्ध र युद्धको आशंकालाई कम गर्नु पहिला भन्दा धेरै आश्वयक हुन गएको छ भने यहाँ अर्को दुःखद् सत्य के छ भने हालैको दशकमा चलेका विभिन्न युद्धले नराम्रोसँग बर्बादी निम्त्याइसकेको छ । सम्भवतः सबैभन्दा ठूलो चिन्ताको कुरा यो छ कि परमाणु हतियारहरको उपयोगको आशंका विभिन्न कारणले अझ बढेको छ । यस प्रकारका परमाणु शस्त्रास्त्रको उपयोको आशंका रोक्नका लागि जुन सम्झौताहरू अमेरिका र रुसमा पहिलादेखि नै रहेका थिए तिनको पनि नवीकरण हुने गरेको छैन ।
यस्तो विकट परिस्थितिमा यो कुरा विश्वस्तरमा अत्यन्तै आवश्यक हुन पुगेको छ कि युद्धको आशंकालाई रोक्नका लागि र अमनचयन कायम राख्नका लागि आवश्यक सबै पहल र प्रयासहरूलाई अझ प्रभावकारी र सबल तुल्याइनु पर्दछ, त्यसलाई निरन्तरता दिइरहनु पर्दछ र यसलाई एउटा ठूलो विश्व जन अभियानको रूप दिइनुपर्दछ । यसो गर्नुपर्ने आवश्यकता पहिलादेखि नै पनि थियो तर शान्ति र अमनचैयनका जनअभियानकोे आवश्यकता आज अझ बढेको छ त्यस्तो हिजो कहिल्यै बढेको थिएन । यस प्रकारको अभियानलाई सबल बनाउनका लागि शान्ति अभियानलाई महिला आन्दोलन, न्याय, समानता र जनतन्त्रको आन्दोलन र अभियानसँग निकट तुल्याइनु र जोडिनुपर्दछ ।
परिबार तथा स्कुल कलेज जस्ता सबैभन्दा महत्वपूर्ण संस्थाहरूमा युद्धका विरुद्ध र शान्ति सुव्यवस्थाका पक्षमा तिनलाई सबल बनाउने सन्देश दिइनुपर्दछ । विभिन्न देशहरूको अमन चयन र शान्तिको आन्दोलनहरूले एक अर्का देशको आन्दोलनलाई सहयोग गर्ने खालको समुचित अवसर प्रदान गर्ने वातावरण बनाइनुपर्दछ । अनि कला, संस्कृति, सञ्चारमाध्यमको स्तरको आदानप्रदानको पनि यस अभियानमा सार्थक भूमिका हुन सक्तछ । शान्ति सुव्यस्थाको सन्देशलाई सबल तुल्याउन महिलाहरूको बहुतै महत्वपूर्ण भूमिका हुनसक्छ । पाठ्यक्रमहरूमा विभिन्न स्तरमा शान्ति र सुव्यस्थको सन्देशलाई महत्व दिन सकिन्छ । आधुनिक युद्ध कति खतरनाक भइसकेको छ र यस खतराबाट बच्न अत्यन्तै आवश्यक छ भन्ने समझदारी विभिन्नस्तर र तहका मानिसका बीच पनि पुग्नुपर्दछ ।
यतिबेला के प्रश्न धेरैजसो विश्लेषकहरूले सोधिरहेका छन् भने निकट भविष्यमा कुन महाशक्तिको दबदबा बढी तीब्रताका साथ बढ्ने छ ? यो प्रश्न राजनीतिक, सामरिक र आर्थिक सबै सन्दर्भमा सोधिन थालेको छ तर यस भन्दा पनि आधारभूत कुरा के छ भने जबसम्म विश्वमा आधिपत्यको होडबाजी चलिरहन्छ तबसम्म विश्वको तनाव हटाउन सकिने छैन । अनि हामी एउटा युद्धबाट अर्को युद्धतर्फ नै गइरहेका हुन्छौँ । यो विश्वमा आधिपत्यको दौड मानव इतिहासमा बहुतै विनाशकारी युद्ध हुँदै आएका छन् । बीसौं शताब्दीमा दुईवटा विश्व युद्ध भइसकेका छन् । त्यसबेलादेखि अहिलेसम्म विश्वमा विनाशकारी शस्त्रास्त्रको मार हान्ने क्षमता हजारौं गुणा बढिसकेको छ ।
बढ्दो पश्चिमा बलमिचाइले गर्दा नयाँ युद्धको स्थिति उत्पन्न भयो । त्यसले गर्दा युद्ध अशान्तिलाई नाफाको सर्वोत्तम माल मान्ने पुँजीवादी प्रवृत्तिमा परिवर्तन आउँदैन भन्ने रहिरहेकै छ । यसले नाफाका लागि जसरी नरसंहार मच्चाउनसमेत आपत्ति मान्दैन भन्ने यथार्थ छर्लंग हुँदै आएको छ ।
अनि यत्तिका धेरै परमाणु हतियार भण्डारणमा छन् कि तिनले विश्वका अधिकांश मानव अस्तित्वलाई कैयौं पटक ध्वस्त पार्न सक्दछन् । अनि यो पृथ्वीको ठूलो क्षेत्रलाई विषालु र बसिनसक्नु पनि बनाउन सक्छन् । अर्को एकदमै ठूलो चुनौती हाम्रा अगाडि के छ भने आधिपत्यको यस दौडलाई विनाकुनै ठूलो हिंसा समाप्त पारिनै पर्छ । एकातिर त यत्तिका विध्वंशकारी हतियाहरूको भण्डार मात्र पनि कम खतरनाक हुँदैन अर्कोतिर त्यस्ता डरलाग्दा हतियारबाट सुसज्जित महाशक्तिहरू निरन्तर सन्देह र तनाब तथा दुश्मनीको स्थितिमा रहिरहँदा कुनै पनि समयमा नचिताएको घटना हुन सक्तछ । अतः समय छँदै यस्ता तनाब र दुश्मनीहरू तथा आधिपत्यको होडको शान्तिपूर्ण समाधान निकाल्नु अत्यावश्यक छ ।
यसका लागि सामरिक, राजनीतिक, आर्थिक तथा व्यापारिक सबै स्तरमा प्रयास गरिनुपर्दछ । यो एउटा ठूला प्रश्न हो कि के यस्तो ठूलो आवश्यक परिवर्तन अमनचैनको माहोल ल्याउन सकिएला त ? हो, यस किसिमको क्षमता विकास गर्न आज विश्वका लागि एकदमै आवश्यकता र चुनौती बन्न गएको छ । समाजवादी सोभियत संघको विघटन बाहृय र आन्तरिक कारणले जसरी विनायुद्ध नै हुन पुग्यो त्यसपछि धेरैले विश्वमा शीतयुद्ध समाप्त भएर शान्ति सुव्यवस्थाको कालखण्ड आरम्भ हुने अवसर आएकोे आकलन गरेको थियो तर त्यसो हुन सकेन ।
कारण उही थियो आधिपत्यको प्रवृत्ति । सोभियत संघको विघटनपछि विश्वका शक्तिशाली पुँजीवादी देशहरूले सोचे कि त्यो बेला विघटित रुसलाई अझ दबाउने र कमजोर पार्ने समय हो तर रुसले आफ्नो सामरिक शक्तिको एक सीमासम्म रक्षा गर्न सक्यो । बढ्दो पश्चिमा बलमिचाइले गर्दा पुनः नयाँ युद्धको स्थिति उत्पन्न भयो । त्यसले गर्दा युद्ध अशान्तिलाई नाफाको सर्वोत्तम माल मान्ने पुँजीवादी नाफाखोर प्रवृत्तिमा कुनै परिबर्तन आउँदैन भन्ने कुरा नै फेरि पनि रहिरहेकै छ ।
यसले नाफाका लागि जसरी नरसंहार मच्चाउनसमेत कत्ति आपत्ति मान्दैन भन्ने यथार्थ पटक पटक छर्लंग हुँदै आएको छ । त्यसैले हरतरहले विश्वशान्ति आन्दोलनलाई सबल बनाउन र दबाब सिर्जना गर्न निरन्तर विश्वस्तरमै लागिरहनुपर्ने र अशान्ति र तनाबको माहोललाई घटाउने दिशामा लाग्नुको कुनै विकल्प छैन । तर, केवल शान्तिको अपेक्षा गर्नुमात्र पर्याप्त हुँदैन । त्यसैले आज युद्ध रोक्न शान्तिको आन्दोलनलाई सबल तुल्याउने उपायहरू के हुन्छन् या छन् ती सबैको सर्वत्र खोजी गरिनु अत्यावश्यक भइसकेको छ ।
यसका अतिरिक्त महाविनाशकारी हतियार र अन्य अति विध्वंशक हतियारहरूको प्रसार रोक्न र तिनको वास्तविक उपयोगको सम्भावनालाई रोक्न अति आवश्यक सबै प्रयाशको खोजी र तिनको निरन्तरता जारी राखिनुपर्दछ । त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता आवश्यक हुन्छ नै । यति बेला त थप चिन्ताको विषय के पनि छ भने यस सम्बन्धमा पहिलादेखि नै भएका सम्झौताहरूको नवीकरणसमेत समयमा हुने गरेको छैन । ती सम्झौताहरूको महत्वका बारेमा पनि व्यापक स्तरमा जनजागृति जरुरी छ । समग्रमा अन्तर्राष्ट्रिय तनावहरूलाई सुल्झाउनका लागि शान्ति आन्दोलनलाई नयाँ स्तरमा उठाउन विशेष पहलहरू गरिनु र जनआन्दोलनहरूको विकास गरिनु पर्दछ । यस्तो विश्वशान्ति आन्दोलनको चौतर्फी व्यापक दबाब र युद्धको घोर विरोधविना विश्व परमाणु युद्ध, त्यसको अपूर्व र भयावह खतराबाट मुक्त हुन सकिने छैन । बरू पछुताउनुपर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच