
बारा । बाराको सदरमुकाम कलैया स्थित ब्रहमकुमारी राजयोग सेवा केन्द्रले बुधवार बडादशै, छठ दिपवालीको शुभअवसरमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
कलैया उपमहानगरपालिका १ स्थित ब्रहमकुमारी राजयोग सेवा केन्द्रले आफनै भवनमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको हो ।
सेवा केन्द्रका प्रमुख मिना दिदीको अध्यक्षता तथा बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा शुभकामना कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य साहले हामी सबै ईश्वरका सन्तान भएको बताउनुभयो ।
'ईश्वरले कुनै भेदभाव नगरी हामीलाई मानवको रुपमा जन्म दिएको हो' उहाँले भन्नुभयो,‘तर पनि हामी जातापात धनी गरीबमा बाँडिएका छौँ । जसले गर्दा हामी बीचको खाडल झन विकराल बन्दै गएको छ । हामी आपसमा प्रेम सदभाव बनाउन सकेका छैनौं । तर ब्रहमकुमारी राजयोगमा आउने वित्तिकै सारा संसार विर्सेर मानवतालाई सर्वोपरि राखेर अगाडी बढ्ने प्रेरणा मिल्छ । हामीले एक आपसमा सदभाव र प्रेम छाड्न सक्नुपर्दछ ।' यो संस्था निस्वार्थ रुपमा सबैलाई सतमार्ग अपनाउन र सबैसँग माया प्रेम गर्दै शान्तिपूर्वक जीवनयापन गर्न सिकाउने गरेको उहाँले बताउनु यभाे ।
उहाँले यस संस्थामा आएपछि कुनै असमानता नरहने बताउनु भयो । संस्थाले सिकाएको कुरा हामीले आफनो जिवनमा उतार्न सक्यौ भने हाम्रो जिवन पनि धन्य हुने उहाँले बताउनुभयो ।
शुभकामना आदान प्रदान कार्यक्रम मार्फत संविधान सभा सदस्य बलविर चौधरी, पूर्व प्रदेश सभा सदस्य पारस साह, कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद प्रसाद साह, कलैया उपमहानगरपालिका १ का वडाध्यक्ष मोहन बहादुर क्षेत्री, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर चौरसिया लगायतकाले उक्त अवसरमा दशै दिपावली तथा छठ पर्वको शुभकामना दिनु भएको थियो ।
मिना दिदीको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमको संचालन संस्थाकी सुष्मा दिदीले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच