काठमाडौं । ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिफयाक्सनमा नथिङ नम्बर एक स्थान हासिल गर्न सफल भएको छ । कम्पनीका अनुसार आठ हजारभन्दा बढी ग्राहकमा गरिएको एक विशेष सर्भेमा ब्राण्डप्रति सर्वाधिक सन्तुष्ट ग्राहक नथिङले प्राप्त गर्न सफल भएको हो ।
ब्लोटवेयर फ्रि क्लिन अपरेटिङ सिस्टमका लागि टेक कम्युनिटीले मुक्तकण्ठले प्रशंसा पाउने नथिङले आफ्नो तेस्रो जेनेरेसनको अपरेटिङ सिस्टम नथिङ ओएस ३ अक्टुबरमा रोल आउट गर्ने घोषणा हालै गरेको छ । कम्पनीले आफ्नो नयाँ बड्स नथिङ इअर ओपन गत अक्टुबर २६ मा लण्डनमा आयोजित एक समारोहमा अनावरण गर्दै नयाँ अपरेटिङ सिस्टमसमेत जानकारी दिएको हो । नथिङ नेपाली बजारमा चौधरी ग्रुपले आयात तथा बिक्री गर्दै आएको छ । नेपाली बजारमा नथिङले अतुलनीय बिक्रीपछिको सेवा प्रदान गर्ने नीति लिएको छ ।
नथिङका स्मार्टफोन तथा एक्सेसोरिजमा कुनै पनि समस्या आएको खण्डमा रिप्लेसमेन्ट दिने वारेन्टी पोलिसी लिएको नथिङले फिजिकल ड्यामेजमा समेत नयाँ नै स्मार्टफोन आफ्ना ग्राहकलाई दिनेछ । नथिङका लागि नेपाली आयातकर्ता सिजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्नुहुन्छ, ‘नेपाली बजारमा नथिङले निरन्तर राम्रो परिणाम दिलाउन सफल हुँदै आएको छ । ग्राहक सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता हो, यसमा हामी सदैव अगाडि रहनेछौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच