
देशका गएको ठूलो विपत्तिका वावजुत नेपालीहरूको घरआँगनमा महान् चाड बडादशैंको रौनक भित्रिइसकेको छ । शारदीय जूनको आगमनसँगै भित्रिएको बडादशैं विशेषगरी शक्तिको पूजा, आराधना र आशीर्वादसँग जोडिएको छ । औंशी तिथिमा सोह्रश्राद्ध वा पितृपक्षको विसर्जन गरेलगत्तै भोलिपल्ट अर्थात् प्रतिपदा तिथिको दिन घटस्थापना गरेपछि बडादशैंको सुरुवात हुन्छ र कोजाग्रत पूर्णिमाको दिनसम्म हामी बडादशैं मनाउने गर्दछौं । विशेषगरी असत्यमाथि सत्यको विजय, नकारात्मकतामाथि सकारात्मकताको विजय अर्थात् आसुरी शक्तिमाथि दैवीशक्तिको विजय भएको उल्लासका रूपमा यस पर्वलाई लिने गरिन्छ । दशैँलाई बडादशैँ, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । बडादशैँको मुख्य दिन विजयादशमी हो । मान्यजनबाट टीका र आर्शिवाद ग्रहण गर्दैगर्दा टीकासँगै हामीले कानमा धान, गहूँ, मकै र जौका लामा आँकुरा (जमरा) लगाउँछौ । विजयादशमी लगाइने टीका र जमरा नेपाली संस्कृति एवं परम्पराका परिपूरक शब्द हुन् । घटस्थापनाको दिन जौँ छरेर विजयादशमीको दिन देवीको प्रसादको रूपमा जमरा लगाउने परम्परा हिन्दू धर्मावलम्बी नेपालीको मात्र हो ।
भारतीय एवं अन्य राष्ट्रका हिन्दुहरूमा यो परम्परा पाइँदैन । यसैले पनि यो विजयादशमी नभएर हाम्रो नेपाली परमपराको बडादशैँ हो भन्ने संस्कृतिविज्ञहरूको भनाइ छ । वर्ष दिनसम्म घरबाट टाढा भएका व्यक्तिहरू पनि मान्यजनको हातबाट आशीर्वादसहित टीका जमरा थाप्न घर पुग्ने गर्दछन् । पुरुषहरूले ढाकाटोपीमा सिउरेको र महिलाले चुल्ठोमा सिउरेको जमराले नेपालीको धार्मिक आस्था एवं सांस्कृतिक एकतालाई प्रतिबिम्बित गराउँछ । धार्मिक, सामाजिक, सांस्कृतिक एवं स्वास्थ्यको दृष्टिले पनि जमराको ठूलो महिमा छ ।
जमराको प्रयोगबाट हाड, आन्द्रा, पेट, छालालगायतका रोगको सफल उपचार सम्भव भइसकेको छ । गाउँघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रहरूमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।
शरद ऋतुको आश्विन महिनाको शुक्लपक्षमा पर्ने विजयादशमीको नवरात्र (बडादशैँ)को पहिलो दिन दशैँघरमा घटस्थापना गरी त्यस घटमा गोबरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदीबाट ल्याइएको बालुवाको वेदी बनाई त्यसमा पनि जौ छरिन्छ । विभिन्न जातजातिमा धान, गहुँ मकैजस्ता अन्न पनि जौमा मिसाएर छर्ने चलन छ । जौ रोपिएको घडामा विभिन्न देवीदेवताको आहृवान गरी घडामाथि थालीमा भगवती दुर्गाको प्रतिमा राखिन्छ । नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको पूजा यस घडामा अवस्थित थालीमा गरिन्छ । दुर्गाका नौ स्वरूपको उल्लेख गर्दै बराहपुराणमा भनिएको छ । नवदुर्गा भन्नाले शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिरात्रिलाई बुझिन्छ । यसको साथै ती मातृशक्तिहरूमा ब्राहृमी, माहेश्वरी, कौमारी, इन्द्रायणी, चामुण्डा, वैष्णवी, नारसिंही, ईश्वरी, लक्ष्मी रहेका छन् । नवरात्रका विशेष दिन महासप्तमी, महाष्टमी र महानवमीका दिन क्रमशः महासरस्वती, महाकाली र महालक्ष्मीको विशेष आराधना गरिन्छ ।
यसरी मातृशक्तिको आराधना गर्दै घडा र वेदीमा उम्रेको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरूलाई अर्पण गरी प्रसादस्वरूप लगाउने गरिन्छ । अब प्रश्न उठ्छ कि दशैँमा किन प्रसाद स्वरूप जौँको अंकर जमरा लगाइन्छ त ? के महत्व छ त जमराको ?
जौँलाई संस्कृतमा ‘यव’ भनिन्छ । खाद्यपदार्थको दृष्टिले यो पौष्टिक पदार्थ हो भने यसलाई स्वास्थ्यको दृष्टिले पनि औषधिको रूप मानिन्छ । वैदिक ग्रन्थमा जौँलाई रोग दूर गर्ने, बल र प्राणलाई पुष्ट पार्ने ओजको सम्पादक वस्तुको रूपमा लिइएको छ । यसै कारण होला यज्ञयज्ञादिमा जौँको प्रयोग प्रशस्त मात्रामा गरिएको पाइन्छ । पौराणिक ग्रन्थमा जौँलाई अन्नको राजा मानिएको छ । पुराणमा भगवान् श्रीकृष्णले पनि औषधिहरूमा म जौँ हुँ भनेर भन्नुभएको हुनाले पनि यसको धार्मिक महत्व कत्तिको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
वैज्ञानिक दृष्टिले हेर्ने हो भने पनि जौँको महत्व कम्ती रहेको छैन । आयुर्वेदिक ग्रन्थमा जौँ र जौँको अंकुरबाट गर्न सकिने उपचारको उल्लेख भएको पाइन्छ । आधुनिक चिकित्सा अनुसार विविध रोगका लागि जौँ उपयुक्त रहेको आजका वैज्ञानिकहरूले पत्ता लगाएका छन् । चिकित्सकका अनुसार सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्ने हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेहजस्ता रोगमा ज्यादै फाइदा पुर्याउँछ ।
यसको रसको सेवनले सौन्दर्यमा समेत निखार ल्याउने भनाइ उनीहरूको छ । यसैगरी, बिरामी भएर कमजोर भएका व्यक्तिलाई जौँबाट निर्मित खाद्यपदार्थ खुवाउनाले चाँडै शरीरमा तागत आउने कुरा विभिन्न खोजबाट पत्ता लागिसकेको छ । अमेरिकाका भूविज्ञ डा.आर्क टकसले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने जाँैको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्वभन्दा जौँ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ ।
अमेरिकाका अन्य विशेषज्ञले पनि जमराको प्रयोगमा सफलता पाइरहेका छन् । भारतमा चिकित्सकहरूले गरेको जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरूलाई समेत फाइदा पुर्याएको बताएका थिए ।
जमरालाई धर्मशास्त्रमा समृद्धिको प्रतीक मानिन्छ । धर्मशास्त्रको व्याख्या आफ्नो ठाउँमा छ, वैज्ञानिक दृष्टिकोणबाट पनि जौँ र जमराको महत्व कम छैन । वास्तवमा जौँ निकै पौष्टिक खाद्यपदार्थ हो । यसमा कार्बोहाइड्रेट, प्रोटिनका साथै विभिन्न भिटामिन प्रशस्त्र मात्रामा पाइन्छ । त्यसैले जौँको सातु के गाउँ, के शहर जताततै चर्चित छ । अहिले विकाशे जातका अरु बालीहरू भित्रिएसँगै निकै पूरानो र भरपर्दो बालीको रूपमा रहेको जौँ विस्थापित हुँदै गएको छ, जसका कारण खाद्य असुरक्षा बढिरहेको विज्ञहरूले बताइरहेका छन् । यस हिसाबले हेर्दा जौँको महत्व अझै धेरै भएको प्रष्ट हुन्छ । जौँ खाद्य सुरक्षाका दृष्टिले मात्र होइन औषधीय गुणले पनि युक्त मानिन्छ ।
जमराको रस सौन्दर्य प्रसाधनमा पनि प्रयोग हुन्छ । अध्ययनहरूले अंकुरित जौँमा सागपातभन्दा पनि बढी पौष्टिक तत्व पाइने प्रमाणित गरिसकेका छन् । जमराको प्रयोगबाट हाड, आन्द्रा, पेट, छालालगायतका रोगको सफल उपचार सम्भव भइसकेको छ । गाउँघरतिर अहिले पनि दशैँको जमरालाई सुकाएर राख्ने र ज्वरो आउँदा तथा पेट दुख्दा पानीमा उमालेर खाने चलन छ । यसरी धर्मशास्त्रहरूमा अन्नको राजा भनिने जौँ धार्मिक र पौराणिक हिसाबले मात्र होइन वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । यस अर्थमा समृद्धिको प्रतीक जमरा पनि मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ ।
शहरीकरणका कारण उब्जेका गम्भीर प्रकृतिका दीर्घरोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रूपमा जमरालाई मानिन्छ । यस्तै, पछिल्लो समय जमराको जुस पिउने प्रचलन पनि बढ्दै गएको छ । जमराको झोल सेवन गर्दा छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, उच्च रक्तचाप, क्यान्सर एवं मधुमेहजस्ता रोग भएकाहरूलाई ज्यादै फाइदा पुग्ने चिकित्सकहरूको भनाइ छ । यसमा एन्टीअक्सिडेण्ट समेत हुने भएकाले सौन्दर्यमा समेत निखार ल्याउने र शरीर तन्दुरुस्त राख्ने अध्ययनहरूले पुष्टि गरेका छन् ।
जौको अंकुर सम्पूर्ण आहार र औषधिमध्ये सर्वोत्कृष्ट वनस्पति हो । अन्य हरिया सागपातमा पाइने पौष्टिक तत्वभन्दा जौ वा यसको अंकुरमा पाइने तत्व तुलनात्मक रूपमा धेरै नै बढी छ । जमरामा शरीरलाई आवश्यक खनीज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ । पहिलोपटक खेती गरिएको अन्नबाली जाँैलाई मानिन्छ । गाउँघरमा अझै पनि जमरालाई सुकाएर राखी रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । जौँको सातु एकदमै रुचाइन्छ । बजारमा अहिले जौको चिउरा, ओट्स र बार्लेकोको माग धेरै हुने गरेको छ । पेट सफा गर्न जौबाट बनेका खाद्य पदार्थ उपयोगी मानिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच