काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि बुधबार ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा एनआरएनए अध्यक्ष डा. बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । सो अवसरमा अध्यक्ष केसीले हालैको बाढी, पहिरो र डुुबानको खबरले आफूहरू मर्माहत भएको भन्दै एनआरएनएका तर्फबाट एक करोड बराबरको राहत उपलब्ध गराएको र सो क्रम जारी रहेको बताउनुभयो ।
साथै उहाँले ‘एनआरएन नागरिकता’ प्राप्तिपछि आर्थिक र सामाजिक काममा पनि त्यसको प्रयोगमा समस्या रहेको भन्दै सम्बन्धित निकायलाई परिपत्र गरिदिन पनि ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष डा. केसीले बेलायतस्थित भूतपूर्व गोर्खाहरूले उठाउँदै आएको समान पेन्सन र अधिकारको माग सम्बोधन गर्न मन्त्रीस्तरीय संवाद गर्नुपर्ने ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले आगामी २७ र २८ अक्टोबरमा आयोजना हुने एनआरएन डे विशेष कार्यक्रम तथा ग्लोबल कन्क्लेभका लागि निमन्त्रणासमेत दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले एकपटकको नेपाली सधँैको नेपाली हुने भएकाले संविधानले दिएको राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार दिन कुनै समस्या नभए पनि दोहोरो नागरिकता समस्याको समाधानका लागि भने गम्भीर छलफल आवश्यक रहेको बताउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच