मनहरी गाउँपालिकाले दियो कैदीबन्दीलाई खसी र खाद्यान्न

मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले भीमफेदी क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीलाई दसैं मनाउन खसीका साथै खाद्यान्न सहयोग गरेको छ । बिहिवार गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले कारागारमा पुगी खसी, चिउरा र तेल हस्तान्तरण गरेका थिए ।

गाउँपालिकाले विगतका वर्षहरुदेखि नै कारागारका कैदीबन्दीलाई हरेक वर्ष दसैंमा खसी र खाद्यान्न सहयोग गर्ने गरेको छ । गाउँपालिकाले दुइटा खसी, पाँच बोरा चिउरा, सहयोग गरेको थियो ।

कैदीबन्दी जीवन बिताइरहेका मनहरी गाउँपालिकाका बासिन्दाका साथ कारागारमा बस्ने सबैले खुसीयाली साथ चाडपर्व मनाउन पाउन् भन्ने उद्देश्यले खाद्यान्न, खसीलगायत सहयोग गरेको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो ।

दुई वटा पुरुष ब्लक र एउटा महिला ब्लक रहेको कारागारमा एक हजार ४४ पुरुष, ४८ महिला कैदीबन्दी र एक जना आश्रित नाबालक छन् । जसमध्ये मकवानपुर स्थायी निवासी २ सय ५८ र त्यसमध्ये पनि मनहरी गाउँपालिकाका ३२ पुरुष र दुई महिला रहेको कारागार प्रशासनले बताएको छ ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, मनहरी गाउँपालिका-१ वडाध्यक्ष शिव प्रसाद खनाल, गाउँपालिका-३ वडाध्यक्ष अनन्त प्रकाश खनाल, जैनपुर जेसिज अध्यक्ष रविन ढकाललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?