
काठमाडौं । यसअघि यही कात्तिक १५ गते सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘एक्टरः टेक वन’ अब सो मितिमा प्रदर्शनमा नआउने भएको छ । अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको यो चलचित्र मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गरिएको जनाइएको हो । अब यो चलचित्र माघ १६ बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ ।
चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले यो निर्णयले वितरक, चलचित्र प्रेमी दर्शकहरू, र अन्य सरोकारवालामाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली चलचित्रलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ ।
चलचित्र निर्माता थमनकुमार भण्डारी (अदृत फिल्मस्) र मोती कार्की (मोती फिल्मस्)ले जय ‘एक्टरः टेक वन’ र जय नेपाली सिनेमा भन्दै चलचित्र प्रेमी दर्शकहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
यसअघि कात्तिक १५ बाट पल शाह अभिनीत चलचित्र ‘मायावी’ पनि हटेको थियो । सो मितिबाट दुवै फिल्म पछि हट्दा ‘पूर्णबहादुरको सारंगी’ लाई फाइदा पुग्ने देखिन्छ । यस चलचित्रमा विजय बराल मुख्य भूमिकामा देखिनुभएको छ । ‘एक्टर’मा प्रदीप खड्का, आना शर्मा र नवअभिनेत्री दिव्या रायमाझीको मुख्य भूमिका छ । साथै राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायतको अभिनय छ ।
अभिनेता खड्काले पहिलो पटक चलचित्रको पर्दामा आना र दिव्यासँग सहकार्य गर्नुभएको हो । राजन भुसालको निर्देशन रहेको चलचित्रको कथा आकाश र राजन स्वयंले लेख्नुभएको हो भने छायांकन नरेन्द्र मैनालीको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच