काठमाडौं । एभरेष्ट बैंकले ३०औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकको प्रधान कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम, बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक तथा कदरपत्रसमेत वितरण गरेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम घोषणा पनि गरेको छ । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाई भवन निर्माण कार्यका लागि बैंकतर्फबाट एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
एभरेष्ट बैंकका सञ्चालक समिति अध्यक्ष बालगोपाल वैद्य र प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्तरूपमा अस्पतालका अध्यक्ष प्राडा भगवान् कोइरालालाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
बैंकको सहयोगबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाले सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गरेको रक्तदान कार्यक्रममा बैंकका कुल ४८ कर्मचारीले रक्तदान गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच