एजेन्सी । इंग्लिस प्रिमियर लिगमा नटिंगम फरेस्टले क्रिस्टल प्यालेसलाई १-० गोलले पराजित गरेको छ । नटिंगम फरेस्टले घरेलु मैदानमा सिजनको पहिलो जित हात पारेको हो । द सिटी ग्राउण्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले पाएका मौकाको सदुपयोग गर्न सकेनन् ।
६५औँ मिनेटमा क्रिस उडले डेडलक तोड्नुभयो । प्यालेसका गोलकिपर डिन हेन्डरसनको गल्तीको फाइदा उठाउँदै उडले गोल गर्नुभएको हो । यही गोल फरेस्टको जितमा निर्णायक बन्यो । उडको सिजनको यो पाँचौँ गोल हो । क्रिस्टल प्यालेस, जारी सिजनमा जितविहीन छ । आठ खेलबाट मात्र तीन अंक जोडेको प्यालेस तालिकाको १८औँ स्थानमा छ ।
३१ वर्षको अवधिमा प्रिमियर लिगको सिजनमा प्यालेसको यो सबैभन्दा खराब सुरुवात हो । फरेस्ट आठ खेलबाट १३ अंक जोड्दै आठौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच