विश्वकप छनोटमा यमनसँगको खेलका लागि तयारी गर्दै नेपाल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपालले एएफसी एशिया कप २०२७ र फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणअन्तर्गत यमनबिरुद्धको पहिलो लेगका लागि तयारी थालेको छ ।

नेपालले आगामी मंसिर ५ गते घरेलु मैदानमा यमनबिरुद्ध विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेल खेल्दैछ । नेपाली फुटबलको प्रशासकीय निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै यमनबिरुद्धको खेलका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिएको हो । दोस्रो चरणको छनोटमा नेपाल समूह ‘ए’ मा छ । चार राष्ट्र रहेको यस समूहमा नेपालले यमनसँग दोस्रो खेल खेल्न लागेको हो । त्यसअघि नेपालले संयुक्त अरब इमिरेट्स (युुएई) सँग खेल्दैछ ।

नेपालले यमनसँग पहिलो लेग मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे हुनेछ । प्रारम्भिक चरणमा लाओसलाई हराउँदै नेपालले दोस्रो चरणको यात्रा तय गरेको हो । नेपालले अब आफूभन्दा बलियो राष्ट्रसँग दोस्रो चरणमा खेल्नेछ । फिफा वरियतामा नेपाल १७६ औं स्थानमा रहेको नेपालले १५६ औं स्थानको यमनको सामना गर्नेछ । यसअघि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू प्रायः साँझ ५ः३० बजे हुने गरेको थियो ।

यस पटक भने एन्फाले नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सल्लाहअनुसार खेल साढे एक घण्टापछि सारेको छ । एन्फाको प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले प्रशिक्षकले साँझ सात बजे खेलाउँदा टोलीका लागि पनि राम्रो हुने भएकाले साँझ सात बजे खेल सारिएको बताउनु भयो । समर्थकलाई जाडो मौसममा ढिलो खेल हुँदा रंगशाला पुगेर खेल हेर्न कठिन हुने भएकाले एन्फाले त्यसको आवश्यक विकल्प खोज्ने जनाएको छ ।

एन्फाले त्यो समयमा चक्रपथमा २० देखि २५ वटा बसको व्यवस्था गर्ने जनाएको छ । एन्फाले उक्त खेलको टिकटदर साधारण प्यारापिटतर्पm चार सय र भिआइपी प्यारापिटमा एक हजार रुपैयाँ तोकेको छ । एन्फाका प्रवक्ता सुरेश साहले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा हाल २६ सदस्यीय टोली बन्द प्रशिक्षणमा रहेको उल्लेख गर्नुभयो । उनले छनोट खेलका लागि एन्फाले सबै तयारी अगाडि बढाएको बताउनु भयो ।

एन्फाले प्रतियोगिताको अनुमानित बजेट ५५ हजार ६ सय ८० अमेरिकी डलर रहेको जनाएको छ । नेपालले समूहको पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) बिरुद्ध कात्तिक ३० गते खेल्दैछ । त्यसका लागि नेपाली टोली आगामी कात्तिक २६ गते दुबई प्रस्थान गर्दैछ । नेपालले त्यो खेल भने राति ९ः३० बजे खेल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?