काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तालाई सडकमा विलाप नगर्न सुझाव दिनुभएको छ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै महामन्त्री शर्माले अदालतको फैसला कुर्न र अनुसन्धानमा सघाउन आग्रह गर्दै सडक विलापको झगहँसाई नगर्न सुझाव दिनुभएको हो ।
उहाँले रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदनले प्रचलित कानुन बमोजिम कार्वाही गर्नु भन्ने सिफारिस गरेको उल्लेख गर्दै प्रक्रिया शुरुभएपछि 'राजनैतिक प्रतिशोध' भन्नू संसदीय समिति र संसदकै अपमान भएको बताउनु भएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ-
काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं । अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । सडक विलापको जगहँसाई नगरौं ।
स्पष्ट हौं, दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो !
रास्वपाकै प्रतिनिधिले पनि हस्ताक्षर गरेको प्रतिवेदन भन्छ(ञप्रचलित कानुन बमोजिम कार्वाही गर्नुझ । तर प्रक्रिया शुरुभएपछि( ञराजनैतिक प्रतिशोधझ भन्नू संसदीय समिति र संसदकै अपमान होइन र रु
प्रदर्शनले न्यायालय प्रभावित गर्ने भ्रम(प्रयास वैकल्पिक राजनीति ? कि विधि उपर समेतको ठगी ?
'अन्धभक्तहरुले न पार्टी सुधार्न सक्छन् न देश बनाउन' एक मित्रको अभिव्यक्ति सम्झन्छु ।
निस्चयनै 'लोभ र डरझले जब कसैको ईमानदार विवेक ध्वस्त बनाउँछ, तब उसले उत्तेजना भर्न र भ्रम छर्न मात्र सक्छ । मेसिनबाट मान्छेमा फर्किन्दासम्म समाजले उसलाई चिनिसकेको र समयले छोडिसकेको हुन्छ !'
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच