काठमाडौं । नेपालस्थित सुजुकी दुर्ईपांग्रे मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्सले एमएडब्लु हायर पर्चेजसँग ग्राहकलाई सरल र सुलभ किस्ताबन्दीमा फाइनान्स सेवा प्रदान गर्न साझेदारी गरेको छ । एमएडब्लु हायर पर्चेजले आगामी दिनमा नेपालभरका सबै भिजी सुजुकी दुईपांग्रे डिलर तथा आफ्ना आउटलेटमार्फत् सजिलो र झन्झटमुक्त फाइनान्स सेवा प्रदान गर्ने साझेदारी भएको हो । साझेदारीले ग्राहकलाई सुजुकी मोटरसाइकल तथा स्कुटर खरिद गर्न सरल, सुलभ र किफायतीरूपमा फाइनान्स प्रदान गर्ने विश्वास लिएको कम्पनीले जनाएको छ ।
साझेदारीअनुसार ग्राहकले २४ महिनासम्मको किस्ताबन्दीमा इएमआई विकल्पमार्फत् भुक्तानीको साथमा सहज र सर्वसुलभरूपमा फाइनान्सिङ सुविधाको लाभ प्राप्त गर्न सक्ने बताइएको छ । कम्पनीले हाल बजारमा सुजुकी ब्राण्डका भी-स्ट्रोम, जिक्सर, हयाते, इन्ट्रूडर, एभिनिस, एसेस, बर्गम्यानलगायत मोडलका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच