
काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाइकल साटा-साटको आकर्षक योजना सुरु गरेको छ । योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटा-साट गर्न सकिन्छ ।
कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘बजाज बाइकको लोकप्रियता र हाम्रा ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना सुरु गरेका हौँ । साथै हाम्रा ग्राहकका लागि यस्ता नयाँ-नयाँ योजना अझ अरू पनि ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।’
कम्पनीका अनुसार झण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यस साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्थाका साथै मोटरसाइकल साटासाट गरेका ग्राहकलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्री उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच