
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका भित्रका युवाद्धारा बढिखोला सडक खण्ड मर्मत गरेका छन् ।
जुम्ला विमानस्थलहुँदै पातारासी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने बढिखोली सडक खण्डमा स्थानीय युवाले मर्मत गरेका हुन् ।
पातारासी गाउँपालिका पुग्ने बढिखोली खडक खण्डमा बर्खाको बाढीले विगार्नुका साथै खाल्डाखुल्डी भएर सवारी साधन आवतजावतमा असहज भएको थियो । स्थानीय युवा प्रदीप बिष्ट, पृथ्वी बुढा र अर्जुन महताराले डोजर प्रयोग गरेर सडक मर्मत गरेका हुन् ।
स्थानीय युवा अर्जुन महताराका अनुसार ल्होर्पगाउँ जाने पुलदेखि उर्थुचौतारा दोफाड्नासम्म साढे तीन किलोमिटर सडक डोजर प्रयोग गरेर खाल्डखुल्डी पुरेका छौँ । करिव एक लाख ८० हजार रुपियाँ बराबरको सडक मर्मत गरिएको छ । सवारी साधन आवतजावतमा सहजता होस भन्ने उद्देश्यले सडक मर्मत गरिएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच