न्यूयोर्क । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) र संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले लाखौं मानिसहरूलाई तत्काल सहायता चाहिएको उल्लेख गर्दै सुडानमा मानवीय संकट निरन्तर बढ्दै गएको चेतावनी दिएका छन् ।
दुई एजेन्सीहरूले संयुक्त विज्ञप्तिमार्फत यसवर्ष पाँच वर्षमुनिका ३७ लाख बालबालिका कुपोषणको जोखिममा रहेको जनाउदै उनीहरूले पर्याप्त सहयोग सहायता प्राप्त नगरेमा रोगहरूबाट मर्ने सम्भावना ११ गुणाले बढ्ने चेतावनी दिएका छन् । उनीहरूले सबै प्रभावित समुदायहरूमा दिगो उपस्थिति राख्न अनुमतिसहित सहायता र प्राविधिक सहयोग प्रदान गर्न जिम्मेवार राष्ट्रसंघीय एजेन्सीको महत्वलाई जोड दिएका छन् ।
विशाल चुनौतीहरूको बावजुद, युएनएचसीआर र युनिसेफले सुडानका प्रभावितलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धतालाई नवीकरण गरी आपत्कालीन आश्रय र पानी, शिक्षा, स्वास्थ्य सेवा र मनोसामाजिक समर्थनलगायत आधारभूत सेवा प्रदान गरिरहेका छन् ।
सन् २०२३ अप्रिल १५ मा सुरु भएको सुडानको द्वन्द्वले आन्तरिक वा बाहृय रूपमा एक करोड दश लाखभन्दा बढी मानिसलाई विस्थापित गरेको छ भने लाखौंलाई भोकमरीको सँघारमा धकेलेको जसमा अधिकाश महिला तथा बालबालिका रहेका छन् । रासस/क्यूएनए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच