मुगु । हिमाली जिल्ला मुगुका पाठेघर खस्ने र दम रोग बिरामी लक्षित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
अक्कल कोपिला फाउन्डेसन र डाक्टर अर्जुन भामको सहकार्यमा शुक्रबारबाट छायाँनाथ रारा नगरपालिका १३ रुगामा पाठेघर खस्ने र दम रोग बिरामी लक्षित निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । अक्कल कोपिला फाउन्डेशन र डाक्टर अर्जुन भामको निजी लगानीमा पाठेघर खस्ने दम रोगको समस्या न्युनिकरण गर्ने उद्देश्यका साथ २ दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
अक्कल कोपिला फाउन्डेसनका अध्यक्ष समाजसेवि अक्कल बोहोराले आमा गोरीकला बोहोराको नामबाट रकम जम्मा गरेका र डाक्टर अर्जुन भामले आफ्नो तलबबाट रकम जम्मा गरि छायाँनाथ रारा नगरपालिका १३ रुगा गाउँमा निशुल्क स्वास्थ्य शिविर गरिएको डाक्टर अर्जुन भामले बताउनु भयो ।
मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्या बिकराल छ । धुवाँ धुलो अस्वस्थकर खानपान चिसोको कारण दमरोगका बिरामीको संख्या पनि उत्तिकै छ । पाठेघर खस्ने र दम रोग अत्यधिक रहेकोमा कुनै सरोकारवाला निकायले चासो दिईएका छैनन । दुर्गमका महिलाको पिडा बोध भएर अक्कल कोपिला फाउन्डेशनको सहकार्यमा आफ्नै तलबको लगानीमा निशुल्क स्वास्थ्य शिविर गरेकाे डाक्टर भामले सुनाउनु भयो ।
शुक्रबारबाट शिविर सञ्चालन भएको र शिविरमा ५ सय १२ जनाले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए । स्वास्थ्य परिक्षण गराएका मध्ये अधिकांसमा दम रोग देखिएको र ८० जना महिलाहरुमा पाठेघर सम्बन्धी समस्या देखिएको पनि डाक्टर भामले जानकारी गराउनु भयो ।
दम रोगका बिरामीलाई औषधिसहित सल्लाह सुझाव दिइएको र जटिल पाठेघर खस्ने समस्या भएका महिलाहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल तथा बाहिरि जिल्लाहरुमा उपचार गर्न जान सल्लाह दिइएको र सामान्य सेतो पानी बग्ने, योनी चिलाउने, पाठेघरमा पानीका फोका भएका महिलाहरुलाई औषधि उपलब्ध गराईएको थियाे ।
मुगुमा पाठेघर तथा तल्लो पेटको समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि महिलाहरु रोग लुकाएर बस्ने गरेकाे शिविरमा संलग्न डा उद्धय मल्लले बताउनु भयो । कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरीले स्याहार नपाउनु जस्ता कारणले जिल्लामा पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्यधिक रहेका छन ।
निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि रोग लुकाएर बसेका महिलाहरुले राहत महशुस गरेका छन तर यो अल्पकालीन समाधान मात्र हो । स्थायी सुधारका लागि कर्णालीका दुर्गम बस्तीहरूमा आधारभूत स्वास्थ्य सेवाको विस्तार, जनचेतनाको विकास, र महिलाको सशक्तिकरणमा दीर्घकालीन कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।
पाठेघर खस्ने समस्यासँगै, मुगुमा दम रोगका बिरामीहरूको संख्या पनि उत्तिकै उच्च छ । धुँवा, धूलो, र अस्वस्थकर खानपानका कारण दम रोगका बिरामीहरू थपिँदै गएका छन् । दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य सेवाको अभाव र सरकारको उपेक्षाले गर्दा धेरै बिरामीले समयमा उपचार पाउन सकिरहेका छैनन् ।
आगामी दिनमा यो सेवा छायाँनाथ रारा नगरपालिका भित्रका सबै वडामा सुरु गरीने जनाईएको छ । शिविरमा स्वास्थ्य परीक्षण, औषधि तथा भिडियो सेवा समेत निःशुल्क प्रदान गरिएको थियो । शिविर सञ्चालन गर्ने समाजसेवि अक्कल बोहोरा स्पेनमा रारा नामक होटल सञ्चालन गरीरेहेका छन भने डा अर्जुन भाम जिल्ला अस्पताल मुगुका कार्यरत हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच