नवलपुर । नवलपुरका पत्रकार प्रेम क्षेत्रीको निधन भएको छ । चितवनको माडी नगरपालिका-१ चैनपुर स्थायी घर भई नवलपुरमा पत्रकारिता गर्दै आउनुभएका क्षेत्रीको ४० वर्षको उमेरमा शनिबार राति निधन भएको हो ।
नवलपुरको गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमका सहस्टेशन म्यानेजर एवं विजय खबर पत्रिकाका समाचार सम्पादक क्षेत्रीको हृदयघातका कारण निधन भएको प्रहरीले जनाएको छ ।
शनिबार राति छाती दुखेपछि क्षेत्रीलाई परिवारका सदस्यले तत्काल अस्पताल लगेका थिए । बाटोमै उहाँको मृत्यु भएको परिवारका सदस्यहरूको भनाइ छ । दिवंगत क्षेत्रीको देवघाटमा आइतबार बिहान अन्त्येष्टि गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच