सियोल । कतारका अक्रम अफिफ दोस्रोपटक एएफसी वर्ष खेलाडी बन्नुभएको छ । सियोलमा भएको एएफसीको वार्षिक अवार्ड समारोहमा जापानकी किको सेइकेले महिलातर्फको उपाधि जित्नुभयो । यसअघि सन् २०१९ मा अवार्ड जित्नुभएका अफिफले घरेलु मैदानमा भएको एसियन कपको उपाधि रक्षा गर्न महत्वपूर्ण योगदान दिनुभएको थियो । उहाँले जोर्डनको राष्ट्रिय टोलीका स्ट्राइकर याजान अल नैमात र दक्षिण कोरियाली योङ वूलाई पछि पार्नुभयो ।
एसिया कपमा कतारलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेपछि उहाँलाई यो ट्रफी प्रदान गरिएको हो । २७ वर्षीय अल-सादका फरवार्ड एसियन कपको फाइनलमा हृयाट्रिक गर्ने पहिलो खेलाडी बन्नुभएको थियो ।
उहाँले प्रतियोगिताभर आठपटक गोल गर्नुभएको थियो । अफिफ सन् १९९७ र १९९८ मा जापानका हिदेतोशी नाकाता र २००८ र २०११ मा उज्वेकिस्तानका सर्भर जेपारोभपछि दुईपटक एएफसी वर्ष खेलाडी घोषित हुने तेस्रो खेलाडी बन्नुभएको छ । किको सेइकेले अष्ट्रेलियाकी कोर्टनी वाइन र दक्षिण कोरियाकी किम हेरीलाई पछि पार्दै महिलातर्फको अवार्ड जित्नुभयो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई एसियाली फुटबलमा गरेको योगदानका लागि डायमण्ड अफ एसियाबाट सम्मानित गरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच