काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको व्यानरमा निर्माण हुने चलचित्र ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । सौगात मल्ल, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल र बेनिशा हमालपछि उत्तम प्रधानको प्रवेशपछि चलचित्रमा कलाकारको लाइनअप बलियो बन्दै गएको हो ।
उत्तम लामो समयपछि नेपाली चलचित्रमा कमव्याक गर्न लाग्नुभएको हो । केही समयअघिमात्र उहाँले अभिनेत्री निरुता सिंहसँग एक म्युजिक भिडियोमा अभिनय गर्नुभएको थियो । तुलसी घिमिरे निर्देशकीय चलचित्र ‘दर्पणछाँया’बाट नेपाली चलचित्रमा पाइला चाल्नुभएका उत्तम पछिल्लो पटक ‘दर्पणछाया २’ मा विशेष भूमिकामा देखिनुभएको थियो ।
चलचित्रका निर्माता किरण नेपाली र लेखक तथा निर्देशक लक्ष्मण सुनारले सिक्किम पुगेर कलाकार प्रधानलाई चलचित्रमा अनुबन्धित गर्नुभएको हो । प्रधानले लामो समयपछि नेपाली चलचित्रमा कमव्याक गर्न पाउँदा आफू उत्साहित भएको प्रतिक्रिया दिनुभएको छ । चलचित्रमा उत्तमको भूमिका के हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।
चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ । चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुनुहुन्छ । यो चलचित्र नयाँ वर्ष २०८२ को छेको पारेर चैतको २९ गतेबाट रिलिज हुँदैछ । चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच