अबुधाबी । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अफगानिस्तानले बंगलादेशविरुद्ध १-० को अग्रता बनाएको छ । शारजाह क्रिकेट स्टेडियम युएईमा बुधबार सम्पन्न खेलमा अफगानिस्तानले ९२ रनको विजय हासिल गर्दै तीन खेलको शृंखलामा १-० को अग्रता बनाएको हो ।
अफगानिस्तानले दिएको २३६ रनको लक्ष्य पछाएको बंगलादेशले ३४.३ ओभरमा सबै विकेट गुमाएर १४३ रनमात्रै बनाउन सक्यो । बंगलादेशको ब्याटिङतर्फ कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ४७ रन बनाउनुभयो । यस्तै, सौम्य सरकार ३३, मेहदी हसन मिराजले २८ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
यता, बंगलादेशलाई कम स्कोरमा रोक्न अफगानिस्तानका लागि एम गजन्फरले ६.३ ओभरमा एक मेडन ओभरसहित २६ रन खर्चिएर ६ विकेट हात पार्नुभयो । राशिद खान दुई तथा मोहम्मद नाबी र जमातुल्लाह उमराजाईले समान एक/एक विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । अफगानिस्तानका लागि ब्याटिङतर्फ मोहमद नाबीले ८४ रनको सानदार अर्धशतकीय पारी खेल्नुभएको थियो । कप्तान हसमतुल्लाह शाहिदीले ५२ रन बनाउँदा गुलबदिन नाबी २२, सादिकुल्लाह अटलले २१ रन बनाउनुभयो । नंगेलिया खरोटे २७ रनमा अविजित रहनुभयो । बलिङतर्फ बंगलादेशका लागि तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान चार चार विकेट हात पार्नुभयो । अब यी दुई टोलीबीचको दोस्रो खेल आगामी ९ नोभेम्बरमा हुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच