काठमाडौं । गत असोजको बाढीले पुगेको क्षतिमा बिमा कम्पनीहरूले बिमितलाई ४७ करोड ११ लाख ५८ हजार छ सय २७ रुपैयाँ दाबी भुक्तानी गरेका छन् । बाढी पहिरोपीडितलाई शिखर इन्स्योरेन्सले मात्रै २५ करोड १९ लाख ८८ हजार पाँचय ५८ रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले दुई करोड ३४ लाख ९३ हजार, सलिकोले चार करोड ३८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सात करोड ६७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
१० अर्ब दाबीमध्ये बिमा कम्पनीहरूले हालसम्म ४७ करोडमात्रै भुक्तानी गरेका छन् ।
त्यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सात करोड ६७ लाख, दि ओरियन्टल इन्स्योरेन्सले ७२ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन करोड ५५ लाख, नेसनल इन्स्योरेन्सले २२ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक करोड २५ लाख, एनएलजी इन्स्योरेन्सले ५६ लाख ६९ हजार, सानिमा जिआइसीले ७८ लाख २५ हजार, नेपाल इन्स्योरेन्सले ९८ लाख ७७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको नेपाल बिमा प्राधिकरणले जनाएको छ । प्रभु इन्स्योरेन्सले ५१ लाख १२ हजार र युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
नेपाल बिमा प्राधिकरणका अनुसार असोज २० गतेसम्म बिमा कम्पनीहरूमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँको दाबी पेश भएको हो । जसमध्ये बिमा कम्पनीहरूले ४७ करोड ११ लाख रुपैयाँ दाबी भुक्तानी दिइसकेका छन् । नेपालमा सञ्चालित १४ निर्जीवन बिमा कम्पनी र चार लघु निर्जीवन बिमा कम्पनीसहित कुल १८ बिमा कम्पनीमा उक्त दाबी परेको हो । बिमा प्राधिकरणले बाढी पहिरोपीडितलाई राहत दिन छरितो दाबी भुक्तानी प्रक्रियाका लागि सहजीकरण गरे पनि बिमा कम्पनीको दाबी भुक्तानी अवस्था सुस्त देखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच