
विमल भौकाजी
उपन्यासमा उपशीर्षक दिएर लेख्ने प्रचलन निकै बढेको छ, जसको अनुसरण पदम विश्वकर्माको उपन्यास ‘पाताल’ले पनि गरेको छ । ५७ उपशीर्षक रहेको यो उपन्यास २५५ पृष्ठ (शुद्ध उपन्यास २४३ पृष्ठ)मा विस्तारित छ । पाताल, अर्थात् अमेरिका । शीर्षकले नै बताउँछ, यो उपन्यास अमेरिकासँग सम्बन्धित छ । पाश्र्वका घटना/प्रतिघटनाहरूमा जेलिँदै अन्ततः यो उपन्यास आफ्नो शीर्षकलाई सार्थक बनाउन समर्थ भएको छ ।
उपन्यासकार पदम विश्वकर्मालाई सुनाइएको, झण्डै वर्षौं लगाएर अमेरिका आइपुग्नलाई बेहोरिएका दुःख-पीडाको बेलीविस्तार हो यो उपन्यास । यथार्थपरक घटनाहरूको क्रमबद्धतालाई सँगालेर एउटा उपन्यासको रूप दिइएको यो पुस्तक निकै रोमाञ्चकारी छ । माओवादी आन्दोलनको सुरुवाती घटनाक्रमदेखि गैरकानुनी तवरले दशौँ महिना लगाएर अमेरिका प्रवेश गरिँदाको पीडादायी वर्णन यसमा गरिएको छ ।
तत्कालीन माओवादी विद्रोहका कारण देशको पुरानो राज्यसत्ता परिवर्तन भयो, यसलाई नकार्न सकिन्न । तर, यही विद्रोहअन्तर्गत एकातिर माओवादी विद्रोहीको तर्फबाट र अर्कातिर राज्यका प्रहरी-सैनिकद्वारा अधिकांश नागरिक पीडित/पिल्सित थिए, यो यथार्थलाई पनि लुकाउन सकिन्न । उपन्यासका मुख्य पात्र यसैका साक्षी छन्, अर्थात् यी पात्रले उपन्यासको घटनाक्रमको प्रतिनिधित्व गरेका छन् ।
विद्यालयमा पढ्ने सहज वातावरण नभएको, गाउँका प्रत्येक घरका युवाहरूलाई एकातिर राज्यविरुद्ध बन्दुक बोक्न बाध्य बनाइएको वा स्वस्फूर्त बोकिएको र अर्कातिर ती युवाका अभिभावकप्रति आफ्ना सन्तानले राज्यविरुद्ध विप्लव गरेका कारण तिनले भोग्नुपरेका आततायी सजायहरूको एउटा फेहरिस्त यो उपन्यासमा पाइन्छ ।
दलालमार्फत गैरकानुनी बाटो भएर अमेरिका पुग्ने सोचको पछाडि दौडँदै मूल पात्र जग्गाजमिन बन्धकी राख्ने तमसुक गर्छन् । नभन्दै उनले एक दिन साथीहरूका साथ देश छोड्छन् । छोड्दाछोड्दै मातृभूमिप्रतिको प्रेम भने ती पात्रमार्फत उच्चतम बिन्दुमा झल्काइएको छ ।
त्यस समयमा समाज पूर्णरूपमा विखण्डित थियो । एक किसिमको अराजक समय थियो त्यो । समयको फाइदा उठाएर एकले अर्कालाई लुट्ने-धुत्ने कार्यले व्यापकता पाएको थियो । कथानकको सिलसिलामा उपन्यासका मूल पात्र अन्य साथीहरूका साथ नागरिकलाई विदेशमा निर्यात गर्ने दलालसँग जोडिन पुग्छन् । मूल पात्र बोल्छन्-‘गाउँमा अम्रिका जाने लहर चलेको थियो ।... फेरि अम्रिका संसारकै सम्पन्न मुलुक, मानवअधिकारको बहाली गर्ने मुलुक । सुख-शान्ति पाइन्छ भन्ने हल्ला थियो । छोराछोरीको भविष्यको लागि पनि अम्रिका नै उपयुक्त लाग्यो । धरपकड र ज्यान मार्ने धम्की पनि सुनिरहनु पर्दैन भन्ने पनि लाग्यो । मानिसहरू लाखौँ रकम खर्चेर अम्रिका हानिएको देखेर मेरो मन पनि अम्रिकातर्फ उचालियो ।’
दलालमार्फत गैरकानुनी बाटो भएर अमेरिका पुग्ने सोचको पछाडि दौडँदै मूल पात्र जग्गाजमिन बन्धकी राख्ने तमसुक गर्छन् । नभन्दै उनले एक दिन साथीहरूका साथ देश छोड्छन् । छोड्दाछोड्दै मातृभूमिप्रतिको प्रेम भने ती पात्रमार्फत उच्चतम बिन्दुमा झल्काइएको छ । जब अर्काको देशमा पुगेर देश सम्झन्छन् तब सिनेमाको रिलझैँ उनका आँखाअगाडि देशको मानचित्र देखापर्छ । कोशी, गण्डकी, महाकाली सम्झन्छन्, १९५० को सन्धि सम्झेर द्रवित हुन्छन्, कालापानी, दोधारा-चाँदनी सम्झेर भावुक बन्छन् । यसरी, एक जागरुक र स्वाभिमानी नागरिक हुनुको हैसियतले उनी भित्रभित्रै जल्छन् । वास्तवमै, माटोको मूल्य आवल्नो मातृभूमिमा रहँदा त्यति थाहा हुन्न । जब विरानु मुलुकको माटोमा उभिन पुगिन्छ त्यतिखेर मातृभूमिको मूल्य बुझिन्छ ।
विनाभिसा, गैरकानुनी तवरले अमेरिकाको लक्ष्य लिएर उपन्यासका पात्रहरू पहिलो बिसौनी-दिल्ली पुग्छन् । तर, दिल्लीको गर्मीमा महिनौँसम्म सकसपूर्ण दैनिकी बिताउँछन् । यही क्रममा एक दिन त्यो सकस क्षणभरमै छुमन्तर हुन्छ, जब तिनलाई सुनाइन्छ-अब मस्को उडिन्छ, त्यहाँबाट स्पेन र स्पेनबाट बोलिभिया पुगिन्छ । लगत्तै उड्छन् पनि तर भिसा नभएका कारण पुनः उही बाटो भएर फर्कन बाध्य हुन्छन् र काठमाडौँमै आइपुग्छन् ।
उपन्यास पढ्दै जाँदा भिन्न-भिन्न उपशीर्षकमा पाठकहरूका आँखा पुग्नासाथ अगाडिको घटनाक्रमको अनुमान गरिहाल्न सकिन्छ । एक हिसाबले पाठकलाई पढ्न त सजिलो भएको छ तर अगाडि पढ्दै जाँदा पाउन सकिने उत्सुकता पहिल्यै नै उपशीर्षकले मेटाइदिँदा उपन्यासबाट प्राप्त गर्न सकिने रोमाञ्चकतामा केही खल्लोपन आउँछ ।
तर, अमेरिकाको कल्पना त्यत्तिकै किन हट्थ्यो ? फेरि गाउँघर, आमाबाबु, आफन्त, छरछिमेकलाई मन-मुटुभरि साँचेर उनी फेरि साथीहरू समेत दिल्ली हान्निन्छन् । दिल्लीबाट मस्को र मस्कोबाट क्युबा हुँदै बोलिभिया प्रवेश गर्छन् । यसपटक त्यहाँ दलालहरूले विनाभिसाको सेटिङ मिलाएका थिए । त्यहाँबाट दलालहरूले डोर्याएको बाटोबाट बस र पैदलै पेरु पुग्छन् । त्यहाँ हिँड्दा पाएको सास्ती के भनिसाध्य !
विश्वभ्रमणको यात्रा गरिएझैँ यात्राभर कति देशहरूको सीमा काटियो, त्यसको सीमा थिएन । पानामा पुगे, निकारागुवा पुगे, होन्डुरस पुगे । कति हिँड्दै कति बसबाट ग्वाटेमाला पुग्छन् । त्यसपछि कोस्टारिका र त्यसपछि मेक्सिको पुगेपछि भने करिब अमेरिकै पुगेको अनुभव गर्छन् । अब लक्ष्य चुम्नमात्रै बाँकी थियो । मेक्सिकोबाट अमेरिका जान जाखिमपूर्ण बाटो तय गरिएको थियो । तर, खोला तरेर जानुपर्ने त्यो बाटोमा स्थानीय प्रहरीबाट सबैजना समातिन्छन् । जब, पारि अमेरिका टेके तब उनीहरूका हातमा फलामे साङ्ला थियो । कोही भने अस्पताल पुग्नुपर्ने स्थितिमा पुगे ।
उपन्यास पढ्दै जाँदा भिन्न-भिन्न उपशीर्षकमा पाठकहरूका आँखा पुग्नासाथ अगाडिको घटनाक्रमको अनुमान गरिहाल्न सकिन्छ । एक हिसाबले पाठकलाई पढ्न त सजिलो भएको छ तर अगाडि पढ्दै जाँदा पाउन सकिने उत्सुकता पहिल्यै नै उपशीर्षकले मेटाइदिँदा उपन्यासबाट प्राप्त गर्न सकिने रोमाञ्चकतामा केही खल्लोपन आउँछ । यस प्रकारको प्रस्तुति आजको साहित्यमा मौलाउँदै गएको भए पनि पाठकका तर्फबाट भने यसलाई नरुचाइन सक्छ । आउँदा लेखनमा पदमजीले यसलाई सच्याउन आवश्यक देखिन्छ ।
‘म’-पात्रबाट सुनाइएको यो कहानी हर विकासशील देशको हो । खास गरेर आर्थिक हिसाबमा अत्यन्तै पिछडिएको हाम्रो नेपालको त प्रमुख दैनिक वर्तमान नै हो । आर्थिक उन्नति सबल बनाउन आफूसँग रहेको श्रीसम्पत्ति, जायजेथा सम्पूर्ण सिध्याएर अझ त्यसभन्दा अघि बढेर आफ्ना पछिल्ला पुस्तालाई समेत बोझ हुने गरेर ऋणको भारी बोकाउने परिपाटी नेपाली समाजमा महामारी झैँ फैलँदै गइरहेको छ । मूलतः सम्पत्ति मनग्ये कमाउनका लागि जसरी पनि विदेश र खासगरी अमेरिका पुग्न पाए हुन्थ्यो भन्ने अधिकांश नेपालीले देख्ने सपना बनेको छ । यो उपन्यास त्यही सपनाको दस्ताबेज हो ।
लाश जलिसकेपछिको सन्नाटा छाएको स्थितिबोध हुने ‘पाताल’ उपन्यासको सार यही हो कि–जीवन भनेको सन्तुष्टि लिएर बाँच्ने आधार हो, जीवनलाई उत्सवको रूपमा जिउनुपर्छ । महत्वाकाङ्क्षा, त्यसमा पनि अझ आर्थिक महत्वकाङ्क्षाले मान्छेलाई रसातलमा पु¥याएर छाड्छ । यस अर्थमा, उपन्यासले-खास गरेर अमेरिका पुग्न पाए मृत्युपछि सजिलै कथित ‘वैतर्णी’ पार गर्न सकिन्छ भन्ने काल्पनिक सोचमाथि कडा व्यङ्ग्य गरेको छ । पदमजीको यो व्यङ्ग्यलाई मूलतः युवा वर्गले आत्मसात् गरोस् ! हार्दिक शुभकामना !!
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच