काठमाडौं । नेपालले एसिसी पुरुष यू-१९ एसिया कप क्रिकेटमा श्रीलंकासँग पहिलो खेल खेल्ने भएको छ । एसियाली क्रिकेट परिषद् (एसिसी)ले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल र श्रीलंकासहित बंगलादेश र अफगानिस्तान समूह ‘बी’ मा परेका छन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन् । युएईमा नोभेम्बर २९ देखि डिसेम्बर ८ सम्म हुने प्रतियोगिताका खेल दुबई र शारजहाँमा हुनेछन् । नेपालले नोभेम्बर २९ मा श्रीलंकासँग शारजहाँ, डिसेम्बर १ मा बंगलादेशसँग दुबई र डिसेम्बर ३ मा अफगानिस्तानसँग शारजहाँमा खेल्नेछ ।
समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । डिसेम्बर ६ मा दुबई र शारजहाँमा दुई सेमिफाइनल खेल हुनेछन् भने फाइनल डिसेम्बर ८ मा दुबईमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच