विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाको नेतृत्वमा संगठनको १४ सदस्यीय प्रतिनिधिमण्डल एसिया इकोनोमिक फोरममा भाग लिन शनिबार सिंगापुरतर्फ प्रस्थान गरेको छ । संगठनले सिआइएम डेलिगेसन मिसन टु सिंगापुर नामक मिसनमा त्यसतर्फ जान लागेको जनाएको हो ।
प्रतिनिधिमण्डलमा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्षत्रय राजकुमार गोल्छा, भोलेश्वर दुलाल, विपिन काबरा, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, पारस लुनिया, जयन्द्र शर्मा, सिद्धार्थ काबरा, सिर्जन प्याकुरेल, वीरेन्द्र राठी, सन्तोषकुमार भगत र महानिर्देशक चुडामणि भट्टराई रहेका छन् । एसिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका व्यापारिक समुदाय सहभागी हुने कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज र सिंगापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको संयुक्त आयोजनामा कात्तिक २६ र २७ गते हुने इकोनोमिक फोरम तथा ३८औँ क्यासी कन्फेरेन्समा संगठनको प्रतिनिधिमण्डलले सहभागिता जनाउनेछ ।
एसिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका व्यापारिक समुदाय सहभागी सम्मेलन यही कात्तिक २६ र २७ गते आयोजना हुँदैछ ।
एसिया इकोनोमिक फोरममा सहभागिताका साथै उत्कृष्ट चेम्बर अवार्ड ग्रहण, कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा लगानीकर्तालाई आमन्त्रण गर्न र संगठनले आयोजना गर्ने विराट एक्स्पो २०२५ को प्रचारप्रसार तथा कोशी पर्यटन वर्ष २०८२ को प्रचारप्रसार गर्ने गरी चारवटा मिसनका उद्देश्य तय गरी टोली सिंगापुर प्रस्थान गरेको संगठनका अध्यक्ष राकेश सुरानाले बताउनुभयो ।
सुरानाका अनुसार सम्मेलनमा विश्वव्यापी व्यापार, एआई प्रविधि र नवप्रवर्तन प्रभाव, दिगोपन, विश्वव्यापीरूपमा प्रभाव पार्ने महत्वपूर्ण विषयमा विशेषज्ञहरूको नेतृत्वमा छलफल हुनेछ । त्यसैगरी व्यापार, आपूर्ति शृंखला र अन्य व्यापारिक विषयका साथै एसिया प्रशान्त क्षेत्रका प्रमुख व्यापारिक साझेदारबीच विश्वव्यापी व्यापारको भविष्यबारेमा अनुभव साटासाट गर्ने कार्यक्रमसमेत रहेको छ । सम्मेलनको दोस्रो दिन कात्तिक २७ गते १०औँ क्यासी उत्कृष्ट लोकल चेम्बर अवार्ड बिग चेम्बर क्याटेगोरी विजेताका रूपमा चयन हुन सफल उद्योग संगठन मोरङलाई ट्रफी र युएस डलर दुर्ई हजार नगद राशि पुरस्कार प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।
एसिया प्रशान्त क्षेत्रका बिजनेस लिडर, लगानीकर्ताको बृहत् सहभागिता रहने उक्त सम्मेलनलाई अवसरका रूपमा प्रयोग गर्दै संगठनले कोशी प्रदेशका लगानीका सम्भावनाबारे एसिया फोरमका सहभागीलाई जानकारी गराउँदै अद्वितीय लगानीका सम्भावना रहेको कोशी प्रदेशमा लगानीका लागि कोशी प्रदेश सरकारतर्फबाट कोशी प्रदेश लगानी सम्मेलन २०८१ मा औपचारिक आमन्त्रण गरिने संगठनका अध्यक्ष सुरानाले जानकारी दिनुभयो ।
आगामी माघ ११, १२ र १३ मा विराटनगरमा आयोजना हुने लगानी सम्मेलनमा अन्तर्राष्ट्रिय फोरममा प्रचारप्रसार गर्न र आमन्त्रण गर्न प्रदेश सरकारले संगठनलाई अनुरोध गरेको उहाँको भनाइ थियो । कोशी प्रदेश लगानी सम्मेलन थप उपलब्धिमूलक बनाउन संगठनले गर्ने विराट एक्स्पोको आठौँ संस्करणको कार्यक्रमसमेत लगानी सम्मेलनसँगै उद्योग संगठनसँगको सह-आयोजनामा कोशी प्रदेश लगानी सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय स्वागतयोग्य रहेको सुरानाले बताउनुभयो । संगठनले विराट एक्स्पो माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच