पाँचथर । पर्यटकीय स्थल लब्रेकुटीमा एथलेटिक्स संघ पाँचथरले आयोजना गरेको ‘लब्रेकुटी–शिलौती फाल्गुनन्द खुला हाफ म्याराथन’ को उपाधि पुरुषतर्फ दिपेश तामाङ र महिलातर्फ सुमित्राकुमारी चौधरीले जित्नुभएको छ । विजेतामध्ये दिपेश नेपाल आर्मी र सुमित्रा नेपाल प्रहरीका धावक हुनुहुन्छ ।
म्याराथन नेपालका १६औँ विभूति तथा किराँत धर्म प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको थियोे । २१ किलोमिटर दूरीको हाफ म्याराथनमा पुरुषतर्फ प्रथम हुनुभएका दिपेशले एक घण्टा १९ मिनेट ४५ सेकेण्डमा निर्धारित २१ किलोमिटर दूरी पार गर्नुभएको थियो ।
प्रतियोगितामा पुरुषतर्फ पाँचथरका ओसन राई र ताप्लेजुङका भिया लिम्बू क्रमशः दोस्रो र तेस्रो स्थान हात पार्न सफल हुनुभयो । उहाँमध्ये ओसनले एक घण्टा १९ मिनेट ५० सेकेण्ड र भियाले एक घण्टा २० मिनेट ५० सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो ।
यस्तै महिलातर्फको प्रतियोगितामा प्रथम हुनुभएकी सुमित्राले २४ मिनेटमा निर्धारित पाँच किलोमिटर दूरी पार गर्नुभएको थियो । प्रतियोगितामा पुष्पा लिम्बूले २४ मिनेट ३३ सेकेण्ड र तेस्रो हुनुभएकी जुली राईले २४ मिनेट ४० सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएका खेलाडीलाई क्रमशः ३०, २० र १० हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच