मुम्बई । भारतीय प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अष्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ । न्युजिल्याण्डसँग घरेलु मैदानमा भएको टेस्ट शृंखला तीन–शून्यले हारेपछि कप्तान रोहित शर्मा र स्टार ब्याट्सम्यान कोहलीको आलोचना भएको छ । रोहितले तीन खेलमा ९१ रन र कोहलीले जम्मा ९३ रन बनाउनुभयो ।
ब्लकबस्टर पाँच खेलको टेस्ट शृंखलाका लागि भारत अष्ट्रेलिया प्रस्थान गर्नुअघि बोल्दै गम्भीरले ‘विराट र रोहितका लागि कुनै चिन्ता नभएको’ बताउनुभयो ।
‘उनीहरू अविश्वसनीय रूपमा कडा मानिस हुन्,’ उहाँले भन्नुभयो, ‘उनीहरूले भारतीय क्रिकेटका लागि धेरै हासिल गरेका छन् र भविष्यमा पनि धेरै हासिल गर्नेछन् ।’
अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले यी दुई वरिष्ठ ब्याट्सम्यानको दीर्घकालीन फर्ममाथि प्रश्न उठाएपछि गम्भीरले उहाँमाथि प्रहार गर्नुभयो । ‘भारतीय क्रिकेटसँग पोन्टिङको के सरोकार ?,’ गम्भीरले भन्नुभयो ।
न्युजिल्याण्डसँगको हारपछि सम्पूर्ण भारतीय टोली आफूलाई प्रमाणित गर्न उत्सुक रहेको गम्भीरले बताउनुभयो । यो घरेलु मैदानमा उनीहरूको दोस्रो टेस्ट शृंखला हृवाइटहाउस हो । ‘मलाई लाग्छ त्यहाँ धेरै भोक छ, विशेषगरी पछिल्लो शृंखलामा जे भयो त्यसपछि,’ उहाँले भन्नुभयो ।
गम्भीरले अष्ट्रेलियामा सबैभन्दा ठूलो चुनौती भारतको तुलनामा छिटो पिच हुने बताउनुभयो । त्यहाँका पिच परम्परागतरूपमा स्पिन अनुकूल छन् । तथापि गम्भीरले आफ्नो दबाबमा रहेको टोली नोभेम्बर २२ मा पर्थमा सुरु हुने सिरिजमा ‘पहिलो बलदेखि नै आक्रमण गर्न’ तयार रहेको बताउनुभयो ।
‘हामी अष्ट्रेलिया धेरै पटक गएका छौँ, त्यसैले त्यो अनुभव महत्वपूर्ण हुनेछ,’ केही आलोचनाको सामना गरिरहनुभएका उहाँले भन्नुभयो, ‘हामीले आफ्नो क्षमताअनुसार खेल्यौँ, हाम्रो सर्वश्रेष्ठ क्रिकेट खेल्यौँ भने हामी जुनसुकै विकेटमा जोसुकैलाई हराउन सक्छौँ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच