श्रीलंकाले निजी विश्वविद्यालयमा पढ्न निब्र्याजी ऋण दिने

Read Time = 2 mins

कोलम्बो । सन् २०१९ देखि २०२१ सम्म विश्वविद्यालयको प्रवेश परीक्षा दिएका श्रीलंकाका विद्यार्थीहरूलाई निजी विश्वविद्यालयहरूमा अध्ययन गर्न चाहेमा निब्र्याजी ऋणको व्यवस्था गरिँदै छ । त्यसका लागि मंगलबारदेखि शुक्रबारसम्म आवेदन दिन सकिने वरिष्ठ अधिकारीले बताएका छन् ।

ऋण योजनाका लागि पाँच हजार विद्यार्थी छनोट गर्ने सरकारको योजना रहेको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले कोलम्बोमा बताउनुभएको छ ।

छनोट भएका विद्यार्थीहरूले रोजगारमूलक पाठ्यक्रम अपनाउनु पर्नेछ । प्रत्येक विद्यार्थीका लागि सरकारी बैंकबाट उपलब्ध गराइने ब्याजरहित ऋण ११ लाख रुपैयाँ (करिब तीन हजार ४ सय अमेरिकी डलर)सम्म रहेको बताइएको छ ।

सन् २०२३ मा विश्वविद्यालय प्रवेश परीक्षामा तीन लाख ३३ हजार ७ सयभन्दा बढी विद्यार्थीहरू सहभागी थिए । तीमध्ये केबल ३० हजार विद्यार्थीहरू राज्यको स्वामित्वमा रहेका विश्वविद्यालयहरूमा प्रवेश पाउन सक्छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?