एजेन्सी । क्याटलान क्लब बार्सिलोनाका विंगर लामिन यमल र स्ट्राइकर रोबर्ट लेवान्डोस्की घाइते हुनुभएको छ । यस सिजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुवै खेलाडी चोटका कारण मैदानबाहिर रहने भएका हुन् । एंकलको चोटका कारण यमल तीन हप्तासम्म मैदानबाहिर रहनुहुनेछ भने लेवान्डोस्कीलाई १० दिन आराम दिइनेछ ।
ला लिगामा १३ खेलमा १४ गोल गर्नुभएका लेवान्डोस्की सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा हुनुहुन्छ । बार्सिलोनाका सबैभन्दा खतरनाक फरवार्डमध्येका एक १७ वर्षीय यमलले सबैभन्दा धेरै असिस्ट गर्नुभएको छ । यमलले सबै प्रतियोगिताका १५ खेलमा ६ गोल गर्नुभएको छ ।
स्पेनिस ला लिगाअन्तर्गत आइतबार राती भएको खेलमा रियल सोसिडाडसँग १-० गोलअन्तरले पराजित भएको बार्सिलोनाले सबै प्रतियोगितामा लगातार सात खेल जितेको थियो । दोस्रो स्थानको रियल मड्रिडभन्दा क्याटलान क्लब ६ अंकले अगाडि छ । गत साता च्याम्पियन्स लिगमा रेड स्टारमाथि ५-२ को जित निकाल्दा यमलको दाहिने घुँडामा चोट लागेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच