भक्तपुर । चागुनारायण नगरपालिका-३ गेलाल गाउँमा कृषक भेला गरियो । भेलाको सभापति वडा सदस्य सुष्मा सुनार र प्रमुख अतिथि वडा अध्यक्ष श्यामसुन्दर धिमाल रहनुभएको थियो । जोरपाटी, काठमाडौका पूर्वअध्यक्ष भैरव पुरस्कार गुठीका सदस्य गोपाल बराल तथा भैरव पुरस्कार गुठीका सचिव समाजसेवी वसन्त रिजाल विशेष अतिथि रहेकोे उक्त भेलामा अतिथिहरू कृष्णमोहन शर्मा, कृषिविज्ञ राजन पौडेल, कृष्णहरि गेलाल, मीना रिजाल, भवानी सापकोटा हुनुहुन्थ्यो ।
भेलामा त्यस भेगमा रहेका कृषक र स्थानीय बासिन्दाको उपस्थित रहेको थियो । कार्यक्रमको शुभारम्भमै भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजालले आफू किसानको छोरा भएकाले किसानको दुःख पीडा बुझेको उल्लेख गर्दै इमानदारीपूर्वक काम गर्ने किसानलाई सहयोग गर्ने इच्छा जाग्रित भएको विचार व्यक्त गर्नुभयो । उहाँले हरेक वर्ष केही न केही सहयोग गर्ने र यहाँका जनप्रतिनिधिले पनि किसानका निमित्त केही गर्न सल्लाह दिँदै हरेक वर्ष उत्कृष्ट किसानका लागि आफूले सकेको सहयोग गर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका आधारमा अर्गानिक कृषि, फूल खेती, बिरुवा उत्पादन, साहित्य र समाज सेवामा सक्रिय रहेको भन्दै भैरव पुरस्कार गुठीका सचिव वसन्त रिजाल र श्रीमती मीना रिजालले प्रमुख अतिथिमार्फत डिल्लीप्रसाद मूलतिहुनलाई नगद दशहजार प्रदान गर्नुभएको थियो । कार्यक्रममा किसानहरूले आफूलाई परेका अनेकन समस्यासम्बन्धी गुनासो राख्तै आगामी दिनमा यी समस्या समाधानको अपेक्षा गरेका थिए । कृषिविज्ञ राजन पौडेलले सबैले सामूहिक भावना राखेर समस्या सुल्झाउन सल्लाह दिनुभएको थियोे भने विशेष अतिथि गोपाल बरालले किसानलाई बिर्सेर राजनीति गर्न नहुने विचार राख्तै आफूले चीनमा देखेका राम्रा कामबारे चर्चा गर्नुभएको थियो ।
प्रमुख अतिथि श्यामसुन्दर धिमालले सबैले आफूलाई राम्रो सल्लाह र सुझाब दिएर ऊर्जा दिएको उल्लेख गर्दै वडास्तरमा भए पनि केही गर्ने प्रतिबद्घता व्यक्त गर्नुभएको थियो । सभापति सुषमा सुनारले सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच