काठमाडौं । फोटनले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन इभीका सयवटा सवारी साधन एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ । नेपालको जटिल भौगोलिक आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएका फोटन इभीमा ५३.५८ किलोवाट ब्याट्री रहेको छ । जसले पूर्ण चार्जमा तीन सय किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा एक सय ३० किलोवाट अधिकतम पावर, तीन सय ३० अधिकतम टर्क र २५ प्रतिशत ग्रेडेबिलिटी रहेको छ ।
एमएडब्लु वृद्धि समूहका निर्देशक विवेक सिकरियाले भन्नुभयो, ‘आज हामी नेपाली बजारमा फोटन माउन्टेन इभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौँ, यो एक नवीनतम विद्युतीय सवारी साधन हो । जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजानेछ । नेपालका चुनौतीपूर्ण सडकलाई मध्यनजर गर्दै माउन्टेन इभी विशेष सुविधामा उपलब्ध रहेको छ ।’
एमएडब्लु वृद्धि समूहका सिइओ तुषार गुप्ताले भन्नुभयो, ‘फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्राण्डका रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै इभी बसका रूपमा बिक्री भएको, एक लाखभन्दा बढी व्यावसायिक सवारी साधनका रूपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ । माउन्टेन इभी एक उत्कृष्ट सवारी साधन हो, जुन नेपालका लागि निर्माण गरिएको हो ।’ माउन्टेन इभी १४ देखि १६ सिटसम्मका विभिन्न मोडलमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच