काठमाडौं । मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ । श्रीलंकाको कोलम्बोमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (एसएएफए) बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्ड्स २०२३ अन्तर्गत मुक्तिनाथ विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।
मुक्तिनाथ विकास बैंक २०२१ मा पनि सम्मानित भएको थियो । दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले बेस्ट प्रिजेन्टेड वार्षिक रिपोर्ट अवार्ड विभिन्न विधामा प्रस्तुत गरेको थियो । दक्षिण एसियन देशबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनलाई उक्त कार्यका लागि गठित सोही संस्थाको समितिले मूल्यांकनका आधारमा छनोट गरेको हो ।
अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्नुभएको थियो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले बैंकको वार्षिक प्रतिवेदन मूल्यांकनका लागि दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्समा पठाएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच