काठमाडाैं । इजरायली सेनाले बिहीवार सिरियाको राजधानी दमास्कस र वरपरका आवासीय भवनहरूमा हवाई आक्रमण गरेको सिरियाली रक्षा मन्त्रालयले जनाएको छ । आक्रमणबाट १५ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
इजरायली सेनाले कब्जा गरेको गोलान हाइट्सको दिशाबाट हवाई आक्रमण शुरु भएको थियो । दमास्कसको पश्चिममा रहेको मज्जेह छिमेक र राजधानीको उत्तरपश्चिमी कुदसाया उपनगरमा धेरै आवासीय भवनहरूलाई निशाना बनाएको थियो ।
आक्रमणले महिला र बालबालिकासहित अन्य १६ जना घाइते भएको बताइएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच